वासिङटन् । विश्वको सेयर बजार शुक्रबार अप्रत्याशित रुपमा ओरालो लागेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ट्रम्प र उनका श्रीमतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएकै दिन समग्र संयुक्त राज्य अमेरिका मात्र नभइ दुनियाँभरि तरंग आएको छ।
उनले आफू र मेलानिया ट्रम्पलाई कोरोना भाइरस पुष्टि भएको ट्वीट गरेपछि विश्व सेयर बजारमात्र नभएर विश्वकै विभिन्न क्षेत्रमा हलचल आएको हो । ट्रम्पले आफूलाई कोरोना भएको ट्वीट गरेसँगै एसिया तथा युरोपको सेर बजार पनि अाेरालो लागेको छ ।
एफटीएसई १००, फ्रान्सको सीएसी ४०, जर्मनीको एक्सइटीआरए डिएएक्स, स्पेनको आइबीइएक्स १ प्रतिशतभन्दा बढीले घटेका छन् । त्यस्तै जापान, अष्ट्रेलिया, सिंगापुर, थाइल्यान्ड र साहाईको सेर बजारमा पनि गिरावट आएको छ।
तेलको भाउ पनि ओह्रालो लागेको छ। द गार्डियनका अनुसार ३ दशमलव २ प्रतिशत घटेर प्रतिब्यारेल ३९ दशमलव ४८ डलर पुगेको छ।
शुक्रबार डाउजोन्समा ४०० अंकको गिरावट आएको छ भने नास्डाक सूचकांक पनि १ दशमलव ७ प्रतिशतले गिरावट आएको छ । त्यहाँका बजार विश्लेषकहरुले राष्ट्रपति ट्रम्पलाई कोरोना पुष्टि भएपछि सेयर बजार प्रभावित हुने बताएकै दिन विश्व सेयर बजार प्रभावित भएको हो ।
उक्त समाचार सार्वजनिक भएपछि अमेरिका मात्र नभइ विश्वको सेयर बजार प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभावित भएको सञ्चारमाध्यमहरुले बताएका छन् ।
सेयर बजार ओरालो लागेकै दिन सुन तथा तेलको मूल्यमा पनि गिरावट आएको छ । स्पट गोल्ड शून्य दशमलव ५५ प्रतिशत घटेर १ हजार ८९४ दशमलव ६४ डलर प्रतिऔंस पुगेको छ । अमेरिकामा स्पट गोल्डको मूल्य सन् २०१६ यताकै न्यून हो । यसैगरी कच्चा तेलमा पनि गिरावट आएको छ । एजेन्सीको सहयोगमा