काठमाडौं । नौ वटा कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेका छन् । समता लघुवित्त वित्तीय संस्था, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, आरएमडिसी लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था, युनिलिभर नेपाल, माछापुछ्रे बैंक र बैंक अफ काठमाण्डूले गत आवको मुनाफाबाट, एनएलजी इन्स्योरेन्स कम्पनीले आव २०७५/ ७६ को र गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७४/ ७५ को मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।
नौ वटा कम्पनीमध्ये माछापुच्छ्रे बैंकले लाभांश पारित गर्नका लागि कात्तिक ६ गते साधारणसभा अयोजना गरेको छ भने बाँकी कम्पनीले हालसम्ममा साधारणसभाको सूचना प्रकाशित गरेका छैनन् ।
दुईवटा वाणिज्य बैंक, चारवटा लघुवित्त कम्पनी, दुईवटा इन्स्योरेन्स कम्पनी र एक उत्पादन तथा प्रशोधन समूह अन्तर्गतको युनिलिभर कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
नौ वटा कम्पनीमध्ये सबैभन्दा बढी आरएमडिसी लघुवित्त र आशा लघुवित्त वित्तीय संस्थाले १५/ १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेका छन् । ती सबै कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
गत वर्षभन्दा यस वर्ष कम्पनीहरुको लाभांश घोषणमा ढिलाई भएको छ । विश्वव्यापी रुपमा फैलिएको कारोना महामारीका कारणले पनि नेपालका बैंक तथा वित्तीय संस्थाका वित्तीय कार्यहरुमा असर परिरहेको छ । सोही कारण पनि लाभांश घोषणमा ढिलाइ भएको हो ।
आवश्य प्रक्रिया पुर्याउनका लागि सञ्चालक समितिबाट निर्णय गर्नुपर्ने तथा कतिपय कार्यमा भर्चुअल मिटिङ पनि विश्वाशिलो र भरपर्दो नहुने भएकाले लाभांश घोषणमा ढिलाइ भएको एक बैंकरले बताए ।
उनका अनुसार कोरोना महामारी कारण कम्पनीहरुको वित्तीय विवरण प्रकाशन लगायतका कार्यहरुमा पनि ढिलाइ भइरहेको छ । त्यसो त ती कम्पनी बाहेक म्युचुअल फण्डले पनि नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
म्युचुअल फण्डमा पनि केहीले नगद लाभांश इकाईधनीको बैंक खातामा पठाइसकेका छन् भने केहीले पठाउने तयारी गरेका छन् ।
स्रोतः विभिन्न कम्पनीले प्रकाशित गरेको सूचनामा आधारित