काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबारदेखि ८९ हजार ४५० कित्ता सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ । संस्थापक समूहको ११ हजार ६०८ र सर्वसाधारणतर्फको ७७ हजार ८४२ कित्ता सेयर बोलकबोलबाट बिक्री गर्न लागेको हो ।
बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्ने संस्थाले जनाएको छ । न्यूनतम १ सय रुपैयाँभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ संस्थाले जानकारी दिएकोछ ।
यस्तै संस्थापक सेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहको हकमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि कात्तिक २ गतेसम्म आवेदन दिने सकिने बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केटले जनाएको छ ।
सेञ्चुरी कमर्सियल बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढीबाट आवेदन दिन सक्नेछन् ।
त्यस्तै, बैंकको बिर्तामोड, जनकपुर, हेटौंडा, नारायणघाट, घोराही, बाग्लुङ तथा महेन्द्रनगरका शाखा कार्यालयहरुबाट पनि लिलामी सेयरमा आवेदन दिन पाइनेछ ।
संस्थाले भदौ २५ गतेदेखि असोज २९ गतेसम्म हकप्रद सेयर निष्कासन गरेको थियो । त्यसबेला बिक्री नभएको सेयर बोलकबोलबाट बिक्री गर्न लागिएको हो।