काठमाडौं । नेपालमा स्टप ग्य्राब प्रालिले इकमर्श साइट स्टप ग्रयाब डट कम सुरु गरेको छ । ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विभिन्न ५०० जना विक्रेताहरुको विभिन्न खालका समाग्री राखेर एक नौलो शुरुवात गरेको कम्पनीको भनाई छ ।
यस अनलाइनको मुख्य लक्ष्य नै सर्व सुलभ रुपमा ग्राहकहरुले खरिद गर्न तथा विक्रेताले सजिलो तरिकाले आङ्खनो सामान बेच्न सकुन भन्ने उद्देश्य रहेको छ ।
बजारमा व्याप्त बिचौलिया तथा मोलमोलाइको समस्याबाट छुट्कारा पाउ“छन भन्ने विश्वास कम्पनीले राखेको छ । यस अनलाइन प्ल्याटफर्म मा साना देखि ठूला सम्म, बच्चा देखि बूढा सम्मका लत्ता कपडा, घर सजावटका सामग्री, ग्रोसरीज, कस्मेटिक्स तथा विभिन्न भेराइटिका गुणस्तरीय सामग्रीहरु सुपथ मूल्यमा उपलब्ध गराइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार झाले बताए ।
खरिदकर्ताका निति स्टप ग्रयाब
कम्पनीको वेवसाइट स्टप ग्रयाब डटकम जानुहोस, ग्राहकले सजिलो तरिकाले साइन अप गरि लगइन गर्नुस् । वेभसाइटमा रहेको हजारौं सामाग्री मध्य छानिछानि राम्रो मूल्यमा सामान खरिद गर्न पाइनेछ । साथै विशेष सामग्रीहरुमा विशेष्ँ छुट तथा अफरको सुविधाहरु पनि छ ।
दशैंको खुसियाली बा“डन यस कम्पनीले भाग्यमानी १० प्रिपेड भुक्तानी गर्ने ग्राहकको लागि दशैं उपहार स्वरुप सतप्रतिशत नगद फित्र्ता स्किम पनि ल्याएको छ । अर्डर पश्चात सर्वसुलभ भुक्तानी तथा छिटो भन्दा छिटो होम डेलिभरीको सुविधा समेट उपलब्ध रहेको छ । मगाएको सामान आफुले भने बमोजिम नभएमा ७ दिने रिटर्न पोलिसि समेत उपलब्ध गराइएको छ ।
बिक्रेताका लागी स्टप ग्रयाब
आजको डिजिटल दुनियामा नेपाल भर आङ्खनँे सामान सर्वसुलभ तरिकाले वितरण गर्दै खुसियाली बाड्नको लागि स्टप ग्रयाब डट कम प्ल्याटफर्म बिक्रेताले प्रयोग गर्न सक्नेछन् । यसका लागि सुलभताका साथ अकाउन्ट रजिष्ट्रेसन गरी आफ्ना सामानहरु मुलुकभरी विक्री वितरण गर्ने सकिन छ ।
निकट भविष्यमा नै नेपाल भर ५०० भन्दा बढी जनशक्ति परिचालन गरि भारत, चीन, श्रीलंका, मलेसिया, सिंगापुर, अमेरिका, अष्ट्रेलिया तथा यूरोपेली मुलुकहरुमा समेत आफ्नो संजाल वढाई नेपाली सामान अन्तराष्ट्रिय स्तरमा कारोवार गर्ने लक्ष्य रहेको कम्पनीका सी.इ.व सन्तोष कुमार झाले बताए ।