काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य बढेको छ । बजार १.२९ अंकले बढेर नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक १ हजार ५६२ अंकमा पुगेको छ ।
बिहीबार १ अर्ब ४२ करोड ५८ लाख रुपैयाँ बराबरको ४९ लाख ९४ हजार ३६७ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
बिहीबार नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नेपाल रिको प्रतिकित्ता ८५४ मा ७ करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यस्तै शिवम् सिमेन्ट लिमिटेडेको ७५८ मा ६ करोड ८४ लाख र अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको २३२ मा ५ करोड ५५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
शिवम्ले गत वर्ष गरेको नाफाबाट प्रतिकित्ता २४ रुपैयाँ २१ पैसा नगद लाभांश दिने प्रस्ताव गरेपछि बिहीबार बढी कारोबार भएको छ । बैंक व्यापार, जलविद्युत र म्युचअल फण्डको परिसूचक बढेको छ भने होटल, वित्त, बीमा, उत्पादनमूलकको घटेको छ ।
नेपाल फाइनान्स र जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । नेपाल फाइनान्सको ३० रुपैयाँ बढेर ३३४ र जनरलको ३३ रुपैयाँ बढेर ३६८ रुपैयाँमा सेयर किनबेच भएको छ ।
नेपाल फाइनान्सले चुक्तापुँजी बढाउन १२५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ । यस्तै जनरलको सेयर कारोबार बुधबारदेखि मात्र सुरु भएको हो ।