काठमाडौं । अपी पावर कम्पनीद्धारा शुक्रबारदेखि ४७ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५७ करोड ७० लाख रुपैयाँको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
कम्पनीको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल रहेको कम्पनीको १०० कित्ता सेयर हुने लगानीकर्ताले ४७ कित्ता सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद सेयर निष्कासन गर्नको लागि २०७६ चैत १ गते सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गरिसकेको छ ।
२०७६ फागुन ३० गतेसम्म कायम रहेका लगानीकर्ताले मात्रै उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । हकप्रदलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ । हकप्रदमा मंसिर ४ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त सेयरमा आवेदन दिनको लागि सिद्धार्थ क्यापिटल, अपी पावर कम्पनी ट्रेड टावर थापाथलीका साथै सिद्धार्थ बैंकका विभिन्न शाखा कार्यालय पोखरा, बुटवल, नेपालगन्ज, विराटनगर, वीरगन्ज, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ ।
ग्लोबल आइएमई बैंकको नौगडा, दाचुर्लाको गोकुलेश्वर, खलंगा र बैतडीको शाखाबाट आवेदन दिन सकिनेछ । यस्तै धितोपत्र बोर्डबाट सीआस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरबाट आवेदन दिन सकिने छ ।