काठमाडौं । साताको तेस्रो दिन सेयर बजार ५.४० अंकले बढेको छ । मंगलबार २ अर्ब २३ करोड रुपैयाँ बराबरको ७७ लाख ५७ हजार ३५३ कित्ता सेयर किनबेच भएको छ । सेयर बजार ०.३३ प्रतिशतले बढेको छ ।
कुल १९८ कम्पनीको सेयर कारोबार भएकोमा सबैभन्दा बढी नेपाल टेलिकमको सेयर किनबेच भएकोे नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
टेलिकमको प्रतिकित्ता ७५१ मा १० करोड ३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एनआईसी एसिया बैंकको प्रतिकित्ता ८ करोड३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यस्तै, प्राइम कमर्सियल बैंकको ८ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
त्यस्तै, आइतबार बिशाल बजार कम्पनी लिमिटेड,समिट लघुवित्त वित्तिय संस्था, पाँचथर पावर कम्पनी लिमिटेडका लगानीकर्ताले नाफा कमाएका छन् । सेयर बजार बढेपनि केही कम्पनीले भने घाटा ब्यहोरेका छन् । खासगरी महालक्ष्मी विकास बैंक, दिब्यश्वरी हाइड्रोपावर लिमिटेड र युनियन हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले गुमाएका छन् ।
आइतबार व्यापार, होटल, जलविद्युत्, निर्जीवन बिमा र लघुवित्त परिसूचक बढेको छ । बैंक, बाणिज्य बैंकको सेयर मूल्य घटेको छ ।