काठमाडौं । प्राइम कमर्सियल बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रू. १ अर्ब १ करोड ७६ लाख ३४ हजार नाफा गरेको छ ।
बिहीवार प्रकाशित वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ५४ दशमलव २४ प्रतिशतले बढेको छ । गत वर्ष पहिलो त्रैमासमा कम्पनीले रू. ६५ करोड ९७ लाख ६७ हजार खुद नाफा गरेको थियो ।
यो वर्ष कोरोना महामारीका बीच पनि निरन्तर व्यवसाय सञ्चालन गरेको कम्पनीले नाफा वृद्धि गर्न सफल भएको हो । यो वर्ष कम्पनीको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी पनि गत वर्षभन्दा बढी भएको छ ।
गत वर्ष रू. ९४ करोड ४४ लाख ९७ हजार सञ्चालन नाफा गरेको उक्त कम्पनीले यस वर्ष सोहि अवधिमा रू. १ अर्ब ४४ करोड ७६ लाख ५१ हजार सञ्चालन नाफा गरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको सञ्चालन नाफा ५३ दशमलव २७ प्रतिशतले बढेको हो ।
त्यस्तै गत वर्ष रू. १ अर्ब ६ करोड ५ लाख ५ हजार खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १ खर्ब ५५ करोड ८ लाख ३६ हजार आम्दानी गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी ४६ दशमलव २४ प्रतिशत बढी भएको हो । पहिलो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. ३३ करोड ८४ लाख ४६ हजार रहेको छ ।
हल कम्पनीको चुक्तापूँजी रू. १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार छ ।
कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा १४ प्रतिशत बढी कायम भएको छ । गत वर्ष पहिलो त्रैमाससम्म रू. ४ अर्ब ७९ करोड ५६ लाख ९३ हजार रहेको उक्त कम्पनीको जगेडा कोष रकम यस वर्ष सोहि अवधिसम्म रू. ५ अर्ब ४६ करोड ६५ लाख ४४ हजार कायम भएको छ ।
यस वर्ष कम्पनीले गत वर्षभन्दा ४ दशमलव २४ प्रतिशत बढी अर्थात् रू. १ खर्ब २४ अर्ब ५० करोड ८४ लाख ४८ हजार निक्षेप संकलन गरी गत वर्षभन्दा २ दशमलव ७१ प्रतिशत बढी अर्थात् रू. १ खर्ब १३ अर्ब ४४ करोड ७२ लाख ९६ हजार कर्जा प्रवाह गरेको छ ।
गत वर्ष १ दशमलव १४ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ३७ प्रतिशत पुगेको छ । कम्पनीको निष्क्रिय कर्जा गत वर्षभन्दा यस वर्ष निष्क्रिय कर्जा भने बढेको छ ।कम्पनीको प्रतिशेयर आम्दानी रू.२९ दशमलव ११ र प्रतिशेयर नेटवर्थ रू.१५४ दशमलव २६ रहेको छ ।