काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मिति नजिकिँदै गर्दा व्यवसायीहरूबीच चुनावी सरगर्मी बढिरहेको छ । कोरोना भाइरस महामारी (कोभिड–१९) ले थला परेका व्यवसायीहरू अहिले आफ्नो छाता संगठनको नेतृत्व चयनका लागि दौडधुपमा लागेका छन् ।
नेतृत्वका लागि सहमतिका प्रयासहरू भइरहे पनि उम्मेदवारहरूले आफ्नो प्रचार–प्रसारलाई भने तीव्रता दिइरहेका छन् । परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारहरू देश दौडाहमा छन् । सानै उमेरदेखि महासंघको नेतृत्व गर्दै आएका सौरभ ज्योतिले एसोसिएटतर्फको उपाअध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।
उनको यो उम्मेदवारी पहिलो भने होइन । उनी यसअघि भएको महासंघको निर्वाचनमा पनि एसोसिएटतर्फको उपाध्यक्षका लागि उम्मेदवारी दिने तयारी गरेका थिए । त्यो बेला अर्को कार्यकालमा उपाध्यक्ष बन्ने सहमतिका साथ चन्द्रप्रसाद ढकाल (अहिले वरिष्ठ उपाध्यक्षका उम्मेदवार) लाई छोडेका थिए ।
‘व्यक्तिभन्दा संस्थाको हितमा जानुपर्छ भन्ने मेरो सोच सधैं रहेकाले अघिल्लो पटक चन्द्रजीलाई सर्वसम्मत छोडेको हुँ, पहिला नै दाबी गरेकाले यो पदमा मैले उम्मेदवारी दिनु सामान्य हो’, उनी भन्छन् ।
उनको यो उम्मेदवारी पहिलो भने होइन । उनी यसअघि भएको महासंघको निर्वाचनमा पनि एसोसिएटतर्फको उपाध्यक्षका लागि उम्मेदवारी दिने तयारी गरेका थिए । त्यो बेला अर्को कार्यकालमा उपाध्यक्ष बन्ने सहमतिका साथ चन्द्रप्रसाद ढकाल (अहिले वरिष्ठ उपाध्यक्षका उम्मेदवार) लाई छोडेका थिए ।
अहिले उनी वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको प्यानलमा छन् । ‘टिमवर्क’बाटै अगाडि बढ्नुपर्छ भन्ने उद्देश्य उनले राखेका छन् । उनको विचारमा प्यानल भनेको कुनै राजनीतिक दलको संस्थाहरू जस्तो छुट्टिन्छ भन्ने लाग्दैन ।
अहिलेको टिम र प्यानल भनेको आफ्नो एजेण्डा र कामका लागि भएको उनको भनाइ छ । ‘महासंघ भनेको राजनीतिक संस्था होइन, व्यवसायीहरूको संस्था हो,’ उनले भने । उनले महासंघलाई अझ बढी प्रभावकारी र परिणाममुखी बनाउन नेतृत्वमा आएपछि के गर्ने र कस्तो ‘रिजल्ट’ ल्याउने भनेर आगामी १० वर्षको आर्थिक रणनीति बनाएको बताउँछन् ।
१० वर्षभित्रमा निजी क्षेत्र नेपालको मेरुदण्डको रूपमा रोजगारी सिर्जना गर्ने, उद्यमशीलता विकास गर्ने, कुन–कुन क्षेत्रमा आत्मनिर्भरता हुनुपर्छ, कुन क्षेत्रमा अहिले नै आत्मनिर्भर छौं भन्ने विषयमा प्राथमिकता दिएर अघि बढ्ने रणनीति बनाएको उनले जानकारी दिए ।
‘हाम्रो सामूहिक एजेण्डा भनेको अर्थतन्त्रलाई बलियो बनाउने, रोजगारी सिर्जना गर्ने र निजी क्षेत्रको हकहितका लागि अगाडि बढ्ने नै हो उनले भने, ‘अहिले बनाएको रणनीतिलाई शेखरजीको कार्यकाल सकिएपछि आउने नेतृत्वले पनि त्यसैलाई फलो गर्ने छ ।’
मसँगै एसोसिएटतर्फका १९ जना सदस्य हुनुहुन्छ, उहाँहरू सबै सक्षम व्यवसायीहरू हुनुहुन्छ,’ उनले भने ‘हामी कामप्रति धेरै सिरियस छौं । हुन त निर्वाचन जित्नका लागि सबैले लोकप्रिय नारा त दिएकै हुन्छन् । म पनि विभिन्न आश्वासनहरू दिन्छु । त्यसैले मेरो भनाइमा विश्वास नगर्नुस । नेपालमा कुरा सबैले गर्छन्, काम गर्नेहरू थोरै छन् ।’
‘कुरामा होइन, काममा विश्वास गर्छु’
मेरो विषयमा भन्दा मैले चार कार्यकाल महासंघमा नेतृत्व गरेका बेलाको कामलाई हेर्नुस् । मैले अहिले बढाइचढाइ गरिराख्नु पर्दैन । त्यो सबैले देख्नुभएको छ । महासंघमा आबद्ध भएको १२ वर्ष भइसकेको छ । १२ वर्षभित्र बिभिन्न समितिमा सभापतित्व गरिसकेको छु । नेसनल प्रोडक्टिभ क्यालिटी कमिटीको सभापतित्व गरे ।
त्यसपछि ‘एफएनसीसीआई नेसनल एक्सेलेन्स अवाडर्’ फोरमको सभापतित्व गरिसकेका छन् । त्यो बेला प्रधानमन्त्रीका हातबाट यो अवार्ड वितरण हुन्थ्यो र सबैले महत्वका साथ लिने गरेका थिए । त्योसँगै कर राजश्व समितिको सभापतित्व गरे र यो कार्यकाल बैंक इन्स्योरेन्स र फाइनान्स कमिटीको सभापतित्व गर्दै आएको छु ।
लगानी आउने नआउने भन्ने मुख्य करा भनेको श्रम ऐन नै हो । त्यसलाई ‘ब्यालेन्स’ गर्नका लागि रोजगारदाताको पनि हकहित र श्रमिकहरूको पनि हकहितमा केन्द्रित रहेर सरकारसँग समन्वय गरेर लगानीको वातावरण बनाउनेदेखि रोजगारदाताहरूलाई विश्वास दिलाउने समेतको काम गर्नुपर्छ । त्यसका लागि मैले मात्र होइन, मेरो सम्पूर्ण टिम र सम्बन्धित निकायहरूसँग समन्वय गरेर विदेशी लगानी ल्याएर रोजगारी बढाउनका लागि समन्वयकारी भूमिका खेल्छौं । यसका लागि ठूलो चुनौती छ, तर हामी पार गर्छौं ।
म कुरा होइन, काममा विश्वास गर्ने गर्छु । अब नेतृत्व लिँदा एसोसिएटको उपाध्यक्ष भइसकेपछि रोजगारदाता परिषद्को अध्यक्ष पद सम्हाल्न पाइन्छ । जहाँ एकदमै महत्वपूर्ण भूमिका रहन्छ । किनभने निजी क्षेत्रको लगानी बढाउने, विदेशी लगानी ल्याउने, ट्रेड युनियन, सरकार र रोजगारदाताहरूबीच राम्रो वातावरण बनाउनेमा ठूलो भूमिका निर्वाह गर्छ । यसैले गरेर नेपालमा कति लगानी ल्याउने भन्ने भूमिका खेल्न सक्छ ।
लगानी आउने नआउने भन्ने मुख्य करा भनेको श्रम ऐन नै हो । त्यसलाई ‘ब्यालेन्स’ गर्नका लागि रोजगारदाताको पनि हकहित र श्रमिकहरूको पनि हकहितमा केन्द्रित रहेर सरकारसँग समन्वय गरेर लगानीको वातावरण बनाउनेदेखि रोजगारदाताहरूलाई विश्वास दिलाउने समेतको काम गर्नुपर्छ । त्यसका लागि मैले मात्र होइन, मेरो सम्पूर्ण टिम र सम्बन्धित निकायहरूसँग समन्वय गरेर विदेशी लगानी ल्याएर रोजगारी बढाउनका लागि समन्वयकारी भूमिका खेल्छौं । यसका लागि ठूलो चुनौती छ, तर हामी पार गर्छौं ।
योसँगै महासंघको आन्तरिक सचिवालय बलियो बनाउने नै हो । यसमा अनुभवी र काम गर्न सक्ने व्यक्तिहरू जोड्ने हो जसले गर्दा सरोकारवालासँग टेबलमा बसेर महासंघले बोल्न सक्छ ।
अबको व्यवसायमा प्रविधि भित्र्याउनु पर्ने टड्कारो आवश्यकता देखिन्छ । प्रविधि अपनाएर नेपालका उद्योग व्यवसायहरू सञ्चालन गर्न सकिएन भने अघि बढ्न सकिँदैन । कोरोना भाइरसको बेलामा सबैभन्दा बढी फस्टाएको व्यवसाय भनेको आइटी, खाद्य कम्पनीहरू हो । त्यसैले महासंघले यो विषयमा आफ्ना व्यवसायीहरूलाई कसरी प्रविधिमैत्री बनाउन सकिन्छ भन्ने विषयमा छलफल अघि बढाउने छौं । हाम्रो प्राथमिकता अब डिजिटल इकोनमी नै हो ।
(महासंघ एसोसिएटतर्फका उपाध्यक्षका प्रत्यासी ज्योतिसंग सुवास योञ्जनले गरेको कुराकानीमा आधारित)