काठमाडौं । समस्याग्रस्तमुक्त भई सञ्चालनमा आएको नेपाल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षमा नाफा १३९ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ ।
फाइनान्सले चालु आर्थिक वर्षमा ५ करोड १५ लाख रुपैयाँ खुदनाफा गर्ने लक्ष्य लिएको छ । गत आर्थिक वर्षमा फाइनान्सले २ करोड १५ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा फाइनान्सले २ करोड ९९ लाख रुपैयाँ खुदनाफा बढ्ने प्रक्षेपण गरेको छ ।

हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा फाइनान्सले आगामी वर्ष ८ अर्ब २५ करोड र आर्थिक वर्ष ०७९०८० मा बढाएर ९ करोड ९८ लाख रुपैयाँ खुदनाफा गर्ने अनुमान सार्वजनिक गरेको हो ।
फाइनान्सको यो वर्ष प्रतिसेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ८६ पैसा, आगामी वर्ष ९ रुपैयाँ ८२ र ३ वर्षमा ११ रुपैयाँ ८८ पैसा पुग्ने प्रक्षेपण कम्पनीको छ । हकप्रद सेयर निष्कासनपछि ईपीएस घट्ने छ । यस्तै प्रतिसेयर नेटवर्थ यो वर्ष १३९, आगामी वर्ष १२७ र ३ वर्षमा १३१ रुपैयाँ हुने अनुमान गरिएको छ ।
गत आर्थिक वर्षहरुको प्रगति विवरण तथा भविष्यको व्यवसाय विस्तार समेतको आधारमा वित्तिय प्रक्षेपण तयार गरिएको फाइनान्सले जानकारी दिएको छ । शाखा तथा एक्टेन्सन काउण्टरको संख्या बढाई व्यबसाय विस्तार हुने लक्ष्य फाइनान्सले लिइएको छ ।
समीक्षा अवधिमा निक्षेप बृद्धि सम्बन्धमा २०७७/०७८ मा सेयर पूँजी बृद्धि हुने भएको हुँदा व्यवसाय विस्तारको लागि निक्षेपमा पनि सोही अनुसार बृद्धि गर्न सकिने आधार लिइएको ।

सेयर पूँजी बृद्धि हुँदा लगानीमा जोड दिई अघिल्लो आवमा भएको कर्जा लगानीमा अधिक बृद्धि हुने तथा निक्षेप परिचालन गर्न सकिने आधारमा ९९ प्रतिशतको बृद्धि कायम गरिएको हो ।
पूँजी वद्धिको कारण कर्जामा उल्लेख्य बढ्ने, अन्य आम्दानीमा समेत बढोत्तरी हुने तथा खराब कर्जा असुली र गैंह्रबैंकिग सम्पत्तिको बिक्री पश्चात नाफामा समेत उल्लेख्य बृद्धि भई बित्तीय संस्थाको अधिकांश परिसुचकहरु सकारात्मक हुने प्रक्षेपण गरिएको छ ।
आउँदो ३ वर्षमा संस्थाको सेयरपुँजी बढेर ८४ करोड रुपैयाँ पुग्नेछ । हाल चुक्तापुँजी १३ करोड ५८ लाख रुपैयाँ छ । १२५ प्रतिशत हकप्रद सेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात् वित्तीय संस्थाको चुक्तापूँजी ३० करोड ५५ लाख रुपैयाँ हुनेछ । फाइनान्सले पुँजी बढाउन मंसिर ४ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।