काठमाडौं । प्रतिसेयर आम्दानी उच्च गर्ने छैटाैं बैंक सिटिजन्स् बनेको छ । बैंकको पहिलो त्रैमासको रिपोर्ट हेर्दा प्रतिसेयर आम्दानी गर्ने छैटाैं ठूलो बैंक बनेको हो । सिटिजन्सले ग्लोबल आईएमई बैकलाई पनि अर्निङ पर सेयर (ईपीईस)मा पछि पारेको छ ।
बैंकले प्रकाशित गरेको रिपोर्ट हेर्दा सिटिजन्सको ईपीएस २२ दशमलव ६९ प्रतिशत छ भने ग्लोबल आईएमई बैंकको २२ दशमलव ३२ प्रतिशत ईपीएस रहेको छ ।
बैंकहरूको रिपोर्ट हेर्दा सबैभन्दा बढी ईपीएस एनआईसी एसिया बैंकको छ । एनआईसी बैंकको ४२ दशमलव १४ प्रतिशत ईपीएस छ । त्यसपछि नबिल बैंक ४१ दशमलव ३ प्रतिशत ईपीएस छ । त्यसैगरी प्रभू बैंकको पनि ईपीएस ३२ दशवमल ९६ प्रतिशत छ ।
त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको ईपीएस २७ दशमलव ७१ प्रतिशत छ । नेपाल बंगलादेश बैंकको ईपीएस २६ दशमलव ८९ प्रतिशत ईपीएस छ । त्यसपछि सिटिजन्स बैंकको इपीएस छ । सिटिजन्सको २२ दशमलव ६९ प्रतिशत र ग्लोबल आईएमईको २२ दशमलव ३२ प्रतिशत ईपीएस छ । त्यसैगरी, सबैभन्दा कम ईपीएस सिभिल बैंकको छ ।
कुनै सयम एकदमै कमजोर रहेको बैंक सिटिजन्सले हिमालयन, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास बैंक, सनराइज, एनएमबी, लक्ष्मी, एभरेष्ट, सानिमालगायत धेरै पछि पारेको छ ।
कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कुल सेयर संख्याले भाग गर्दा प्रतिसेयर आम्दानी अर्निङ पर सेयर प्राप्त हुन्छ । यो सेयरको मूल्य मापन गर्ने एक महत्वपूर्ण आधार हो । प्रतिसेयर आम्दानी उच्च भएकोलाई असल मानिन्छ भने कम भएकोलाई कमसल मानिन्छ ।
कम्पनीले निश्चित अवधिमा गरेको व्यावसायिक गतिविधि र सोका लागि गरिएका सम्पूर्ण खर्च एवं कर कटाएर बाँकी खुद मुनाफाका आधारमा गणना गरिने ईपीएसलाई लगानी विश्लेषणको सबैभन्दा पहिलो आधारका रुपमा लिइन्छ । खुद मुनाफा र प्रतिसेयर आयले कम्पनीको व्यावसायिक गतिविधि र मुनाफा क्षमतासँगै लाभांशलाई इंगित गर्ने हुँदा नै लगानी निर्णयमा सबैभन्दा पहिले ईपीएस कति छ ? विगतको भन्दा कति बढ्यो वा घट्यो जस्ता कुराको चर्चा पहिले आउँछ ।