काठमाडौं। दसौं ‘आईसिटी अवार्ड २०२५’ अन्तर्गत चार विधाका उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ। स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन आईसिटी अवार्ड २०२५ का उत्कृष्ट पाँच घोषणा गरिएको हो।
यस वर्ष ‘इन्ड्राइभ आईसिटी अवार्ड २०२५ इन एसोसिएसन विथ नेपाल पे, टिंगटिंग र पावर्ड वाई सस्तो टिकेट’ को रुपमा पुस पहिलो साता दसौं संस्करणको आइसिटी अवार्ड हुँदै छ।
उत्कृष्ट पाँच छनोटका लागि कात्तिक २९ मा ग्रान्ड जुरी सेसन सञ्चालन भएको थियो। अवार्डका सेमिफाइनलिस्टले १४ जना विज्ञ जुरीसमक्ष आफ्नो स्टार्टअप, इन्नोभेसन र परियोजनाबारे प्रस्तुति दिएका थिए भने स्पिड डेटिङमा पनि सहभागी भएका थिए।
स्टार्टअप आइसिटी अवार्ड २०२५ विधामा उत्कृष्ट पाँचभित्र पर्ने स्टार्टअपमा आर्कबो टेक्नोलोजीज प्रालि, फास्टो नेपाल प्रालि, म्याक ट्वान्टी फोर अर्बिटल्स प्रालि, सिंक टेक्नोलोजी एण्ड सप्लायर्स प्रालि र ट्रिप टर्बो प्रालि रहेका छन्।
यसैगरी प्रडक्ट आइसिटी अवार्ड २०२५ विधामा आएल्स प्लस, आईफाभेन्ड, माई क्युआर, क्विक सीसीए, वायुदृष्टि उत्कृष्ट पाँच मा पर्न सफल भएका छन्।
त्यस्तै राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२५ विधाका उत्कृष्ट पाँचमा कानुन एआई, माइन्ड ब्रिज, स्केलिङ स्मार्टर, स्पिनोभेट र भक्स भिजन रहेका छन्। साथै, सोसल इन्नोभेसन विधामा दास्ता, हाम्रो हेल्थ स्कुल, कताहो, आईडीएमएस र शालिक उत्कृष्ट ५ मा परेका छन्।
आईसिटी अवार्ड २०२५ का यी ४ विधामा ४०० बढीको नोमिनेसन प्राप्त भएको थियो। यसअघि स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन विधामा उत्कृस्ट १२ सेमिफाइनलिस्ट छनोट गरिएको थियो।
सेमिफाइनलिस्टले ट्रेनिङ, मेन्टरिङ, इन्डष्ट्री भिजिट र गत कात्तिक २७ र २८ गते भएको सनवे स्टार्टअप आईडिया फेस्ट २०२५ मा सहभागी हुने अवसर प्राप्त गरेका थिए। उत्कृष्ट पाँच सार्वजनिक भएसँगै पब्लिक पनि भोटिङ सुरु भएको छ। ‘हाम्रो पे’ मार्फत मन पर्ने स्टार्टअप, प्रडक्ट र इन्नोभेसनलाइ भोट गर्न सकिनेछ।
अवार्डका सेमिफाइनलिस्ट पब्लिक च्वाइस आइसिटी अवार्ड २०२५ मा सहभागी हुन पाउनेछन्। आईसिटी अवार्ड नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको लोकप्रिय र प्रतिष्ठित कार्यक्रम हो। १० वर्ष अघि सुरू भएको आइसिटी अवार्डले यस वर्ष विभिन्न १५ विधामा पुरस्कार दिँदै छ।