काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालले नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेण्ड हुनुपर्ने बताएका छन् ।
महासंघको जारी साधारणसभाका क्रममा शुक्रबारको बन्द सत्रमा उनले भने, “कुनै पनि संस्थाको नेतृत्व गर्न जान्ने व्यक्तिसँग महासंघलाई कुशलतापूर्पका हाँक्ने, संस्थाको गरिमालाई उँचो बनाउने र त्यसमा आबद्ध सरोकारवालाको भविष्यलाई सुनिश्चित गर्ने भिजन र एजेण्डा हुनुपर्छ ।”
ढकालले भने, “म यस संस्थाको नेतृत्वमा आएर आफ्नै भिजन र एजेण्डामार्फत महासंघलाई आमूल परिवर्तन गर्दै व्यवसायी साथीहरुको मनोबल उच्च बनाउने र देशमा उद्योगमैत्री तथा व्यवसायमैत्री वावतावरण बनाउन सक्छु, म सँग आफ्नै भिजन र एजेण्डा छन्, हामीलाई चाहिएको निजी क्षेत्रका एजेण्डा हुन जो हामीले बोकेका छौँ, आगामी दिनमा यी पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्छु ।”
महासंघमा हुने विजय वा पराजय सफलता र असफलता हैनन् उनले भने “महाधिवेशनपछि पनि हामी टाढा हुने छैनौ हाम्रो व्यवसाय र उद्यमले हामीलाई जोड्ने नै छ ।”
ढकालले आधा शताब्दी लामो गौरवशाली इतिहास बोकेको नेतृत्व गर्नका लागि निजी क्षेत्रको विकास गर्ने एजेण्डा र भिजन भएको वास्तविक व्यवसायि नै आउनुपर्ने बताएका हुन् ।
राजधानीमा मंसिर ११ गतेबाट सुरुभएको महासंघको ५४ औं साधारणसभामा बोल्दै ढकालले आम उद्योगी व्यवसायीको वास्तविक एजेण्डालाई प्राथमिकता नदिएर अरु कसैको आढ भरोसामा उमेद्वारी दिएका व्यक्तिले महासंघलाई नयाँ गति दिन नसक्ने जिकिर गरे।