काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट–पे प्रणालीको सुरुवात गरेको छ । बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरी कर्पोरेट पे प्रणाली सुरु गरेको हो ।
सम्झौतापत्रमा माछापुच्छ्रे बैंक प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापश्चात माछापुच्छ्रे बैंकका व्यावसायिक ग्राहकहरूले (बिभिन्न संघ–संस्था, सरकारी कार्यालयहरू) बैंकको मोवाइल बैंकिङ्ग एप तथा इन्टरनेट बैंकिंङ्ग एपमार्फत बैंकमा नगई जहाँकहीँबाट आफैंले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, विभिन्न सेवाहरूको भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू खाताबाटै सजिलै गर्न सक्नेछन् ।
उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस अथवा एसीएचएलआइपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरू गर्न
किनेछन् । साथै यस प्रणालीबाट कारोबार गर्दा बैंक तथा कर्पोरेट–पे दुवै तर्फबाट सुरक्षाका अधिकतम उपायहरू अपनाइएको हुँदा माछापुच्छ्रे बैंकको डिजिटल माध्यममार्फत हुने कारोबार सुरक्षित र भरपर्दो रहने उल्लेख छ ।
माछापुच्छ्रे बैंकले सदैव आफ्ना ग्राहकहरूका निम्ति विभिन्न डिजिटल भुक्तानी माध्यमहरू प्रदान गर्दै आएको छ र यस कर्पोरेट-पे प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरूलाई पनि डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ ।
यस प्रणालीको प्रयोग र विस्तार पश्चात बैंक शाखा नपुगी विभिन्न भुक्तानी अन्लाइन नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरूलाई अझ बढी सहज हुने बैंकले विश्वास लिएको छ ।