काठमाडौं । सरकारले विश्वको सर्वाेच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेसँगै नेपाली मदिरा ब्रान्ड ८८४८ भोड्काले पनि सामाजिक सञ्जालमा चर्चा बटुल्यो ।
सगरमाथाको पुरानो उचाइ ८८४८ लाईं लिएर यति डिस्टिलरीले ६ वर्षअघि ८८४८ भोड्का नेपाली बजारमा ल्याएको थियो । सरकारले मंगलबार सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्दा ८८४८ भोड्काको पनि उचाइ एक्कासि बढ्यो । सामाजिक सञ्जालमा यसको मंगलबार खुब ब्राण्डिङ्गसमेत भयो । सगरमाथाको नयाँ उचाइ राखेर नै नै सामाजिक सञ्जाल प्रयोगकर्ताले भोड्काको नयाँ डिजाइनसमेत गरेर शेयर गरिरहेका छन् ।

सामाजिक सञ्जालमा व्यक्तिगत पोस्ट, मिम पेज र दर्जनौं अन्य पेजहरुले सगरमाथाको नयाँ उचाईं र ८८४८ भोड्कालाई जोडेर धेरै विचारहरु पोस्ट गरे ।

पोस्ट गर्नेहरु मध्ये अधिकाँशले भोड्काको नाम परिवर्तन होला कि नहोला भन्ने जिज्ञासा राखेका छन् । नयाँ उचाईंकै नाममा कम्पनीले भोड्कालाई रिब्राण्डिङ्ग गर्ला त भन्ने जिज्ञासा धेरैको छ । तर, कम्पनीका अध्यक्ष रबि केसीले ८८४८ भोड्काको नाम परिवर्तन नहुने बताउँछन् ।
‘सगरमाथाको नयाँ उचाईंसँगै ८८४८ भोड्काको पनि चर्चा हुनुले यो भोड्काको लोकप्रियता कति छ भन्ने पनि थाहा भयो, तर हामी यसलाई तत्काल रिब्रान्डिङ्ग गर्दनौं,’ उनले भने ।
सगरमाथाले पनि आफ्नो उचाईंबाट नयाँ उचाईं पाउन धेरै वर्ष लाग्यो हामी भर्खर यहि नाममा स्थापित भएका छौं, अहिले नाम परिवर्तन नगर्ने उनले बताए ।
‘सामाजिक सञ्जालमा सगरमाथाको नयाँ उचाईं र ८८४८ भोड्कालाई जोडेर धेरै लेखेको देखेपछि हामी बरु यसको थप मार्केटिङमा लाग्ने योजना बनाएका छौं,’ उनले भने ।
‘नेपाली मदिरा बजारमा ८८४८ भोड्काले राम्रो बजार हिस्सा बनाइरहेको छ, ब्रान्ड स्थापित गरिसकेको छ, हामीले नयाँ उचाईं लिने समय फेरि आउँछ,’ केसीले भने ।
उपभोक्ताले ह्स्व्किी पिउँदा .८६ एमएलको अन्तिम पेग लिएर आनन्द लिन सक्छन्, वा अरु कुनै माध्यमबाट सेलेब्रेशनको तरिका अपनाउने गरि मार्केटिङमा जोड दिने योजनामा रहेको केसी बताउँछन् ।
कम्पनीका अनुसार नेपाली मदिराको बजारमा भोड्का सेग्मेन्टमा ८८४८ भोड्काको बजार हिस्सा ७५ प्रतिशत रहेको छ ।
४० वर्षअघि चितवनमा रहेको शंकर डिस्टिलरी उद्योगलाई रवी केसी र अभिषेक श्रेष्ठको साझेदारीमा १० वर्षअघि यति डिस्टिलरी नाममा ल्याएर मदिरा उत्पादन गरिएको हो । कम्पनीले ओल्ड दरबार, ओल्ड दरबार ब्ल्याक चिम्नी र वल्ड फरेस्टर ब्रान्डमा पनि मदिरा उत्पादन गर्दै आइरहेको छ । यहि समूहले याक बु्रअरीमार्फत बाह्सिंङ्गे वियर पनि उत्पादन गरिरहेको छ ।






![]()
![]()