काठमाडौं । नेपालका लागि टाटा मोटर्स्को आधिकारिक बिक्रेता सिप्रदी टेडिङ्ग प्रालिले ग्लोबल सर्भिस क्याम्प २०२० यही मंसिर २८ देखि पुस ८ गतेसम्म संचालनमा ल्याएको छ ।
अहिलेको परिस्थितिलाई ध्यानमा राखेर यो वर्षको ग्लोबल सर्भिस क्याम्पको उद्घाटन सिप्रदीको आधिकारिक फेसबुक पेजबाट लाइभ गरिएको थियो ।
उक्त उद्घाटन समारोहमा रुद्ररुप मैत्रा टाटा मोटर्स् कमर्शियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुखले भिडियोमार्फत यस वर्ष हाम्रा ग्राहकवर्गहरुलाई धेरै महिना गाडी थन्काएर राखेको गाडीहरुलाई सहजता प्रदान गर्न यो ग्लोबल सर्भिस क्याम्प २०२०को आयोजना गरेको जानकारी दिए ।
सोहि समारोहमा सिप्रदी ट्रडिङ प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सिप्रदीको सफलताको श्रय सबै ग्राहक महानुभाबहरुको अटुट विश्वास, कर्मचारीहरुको निरन्तर मिहिनेत र लगनशीलता, मिडिया साथीहरुको साथका लागि धन्यवाद दिए ।
यसका साथै यो वर्ष ग्लोबल सर्भिस क्याम्पमा सुरक्षाको मापदण्डहरुलाई ध्यानमा राखेर १० दिनसम्म आयोजना गरिएकोे उल्लेख गरे ।
गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, विश्वभरि ४५ राष्ट्र लगायत नेपालका ५० विभिन्न स्थानहरुमा आयोजित गरिएको छ ।
यस ग्लोबल सर्भिस क्याम्पअन्तर्गत टाटा मोटर्स सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ । निःशुल्क बम्पर टु बम्पर चेकअप, निःशुल्क सर्भिसिङ्ग, स्पेयर पार्टस्, लुब्रिकेन्टस् र ब्याट्रीमा भारी छुट, चालकहरूका लागि निःशुल्क तालिम, हरेक दिन स्मार्टफोन जित्ने अवसर र प्रत्येक दिन टाटा गाडी सम्बन्धी अनलाइन परामर्श जस्ता सुविधाहरु यस वर्षको प्रमुख विशेषताहरु छन् ।