काठमाडौं । कारोबार सुरु भएको १० मिनेटमै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचकले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार २०६१.४२ अंकमा रोकिएको नेप्से बुधबार ६६ अंकले बढेर नयाँ रेकर्ड कायम राख्दै २१२७.२३ अंकमा पुगेर फर्किएको छ । यसअघि २१०० सम्म पुगेको थियो । तर, रेकर्ड भने २०७१ अंक हो ।
दिनभर सेयर कारोबारमा उचालहरु देखिए । यद्यपि, २०६३ अंकभन्दा तल बजार घट्न सकेन । मंगलबार नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने भन्ने हल्लाले ९५ अंको वृद्धि देखिएको थियो । कारोबारको सुरुमै सूचक उक्लिए पनि अन्तिम समयम ७.४ अंकले बढेर २०६८.४६ मा रोकिएको छ । कारोबार रकम भने मंगलबारको तुलनामा बुधबार बढी भएको छ । बुधबार ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार ६ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर किनचेब भएको हो ।
वित्तीय क्षेत्रमा सबैभन्दा बढी लाभांश घोषणा गरेको नबिल बैंकको सेयर मूल्य बुधबार पनि १० प्रतिशतले बढेको छ । त्यसबीचमा समस्या ग्रस्त अवस्थाबाट माथि उक्लिँदै गरेको समृद्धि फाइनान्सको सेयर मूल्य पनि करिब १० प्रतिशतले नै वृद्धि भएको छ ।
त्यसपछिको बजार भने नेसनल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल लाइफ, मेगा बैंक, नेपाल क्रेटिड एण्ड कमर्स बैंकको सेयर मूल्य अधिक बढेको छ । बुधबार बैंकिङ, जीवन बिमा र म्युचअल फन्डको सूमह सूचक बढेका आधारमा नेप्से सूचकमा झिनो वृद्धि देखिएको हो ।
याे पनि पढ्नुहाेस, राजनीतिक अस्थिरताकाबीच पनि सेयर बजारको उकालो ग्राफ, दैनिक कारोबारमा उच्च अंकले वृद्धि
बजारले ब्रोकर कमिसन घटेको खण्डमा अझै रफ्तार लिन्छ भन्ने देखाउँछ । यद्यपि, कतिपय कम्पनीहरुका बुक क्लोज गर्दा हुने मूल्य समायोजनको असर सेयर मूल्यमा परि सेयर सूचक घट्न सक्छ । अब लगानीकर्ताको ध्यान पुसको वित्तीय विवरण कस्तो आउला भन्नेतिर सोझिएको छ । यद्यपि, पुस भरखरै सुरु भएको छ ।
अर्कोतिर राजनीतिक माहोललाई चिरेर फर्किएको बजारमा सर्वोच्च अदालतबाट हुने राजनीतिक निर्णयको प्रभाव पनि पर्न सक्छ । तथापि, लगानीकर्ताहरुले नाफा बुक गर्न खोज्दा बिहीबारको कारोबार प्रभावित हुने सम्भावनालाई नर्कान सकिन्न ।