काठाडमौं । भरखरै केन्द्रको चुनाव सकेको नेपाल उद्योग वाणिज्य महासंघ पुन प्रदेशको चुनावमा होमिएको छ । विधानअनुसार पहिले प्रदेशको चुनाव गरेर केन्द्रको गर्नुपर्ने थियो । तर, केन्द्रको चुनाव सकेर महासंघ प्रदेशको चुनावमा होमिएको हो ।
महासंघले निर्वाचनमार्फत ७ वटै प्रदेशमा नयाँ अध्यक्ष चयन गर्नेछ । महासंघले दिएको जानकारी अनुसार पुस ११ गते प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिक प्रदेशमा चुनाव हुँदैछ । प्रदेश नम्बर दुईमा विवाद भएकाले चुनाव नै नहुने सम्भावना बढेको छ भने पाँच नम्बर प्रदेशमा २५ गते चुनाव हुँदै छ ।
वीरगंज उद्योग वाणिज्य संघले २ नम्बर प्रदेशमा चुनाव गर्न नचाहेपछि चुनाव नहुने देखिएको छ । यदि प्रदेश २ मा त्यहाँको उद्योग वाणिज्य संघले चुनाव नगराएको अवस्थामा केन्द्र आफैले निर्वाचन गराएर अध्यक्ष ल्याउने बुझिएको छ । आइतबार कार्यसमिति बैठक डाकिएको छ । त्यो कार्यसमितिले नियमावली परिवर्तन गरेर केन्द्र आफैले चुनाव गर्ने बुझिएको छ ।
प्रदेश १ मा पनि चुनाव रोकिएको छ । अदालतमा मुद्दा परेपछि अदालतले तत्काल चुनाव रोक्न आदेश दिएको छ ।
त्यसैगरी, बागमती प्रदेशमा दिलसुन्दर श्रेष्ठ र सुदर्शन कार्कीबीच प्रतिस्पर्धा हुने बुझिएको छ । गण्डकी प्रदेशमा हरिओम लामिछाने र सञ्वीव कोइरालाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रदेश नम्बर ५ मा पनि ११ गते चुनाव हुने भएको छ । पाँचमा २५ गते चुनावको मिति तोकिएको छ । त्यसैगरी कर्णाली प्रदेशमा चुनावको प्रक्रिया भने हुन्छ । तर, त्यहाँ पदमबहादुर साही निर्विरोध भइसकेका छन् ।
सुदूरपश्चिम प्रदेशमा पनि भोली निर्वाचन हुँदै छ । त्यहाँ हेमराज पाण्डे, शंकर बोगटी चनावी मैदानमा उत्रिएका छन् ।