काठमाडौं । पुस मसान्तको ब्याजदरको दबाब सेयर बजारबाट टरेको छ । कारोबार राफसाफ हुन ४ दिन लाग्ने व्यवस्था अनुरुप आज बजारका लगानीकर्तामाथि ब्याजदरको दबाब परेको थियो । यसकाबीच पनि बजार दोहोर अंकले बढेर बन्द भएको छ ।
केही दिनदेखि बजारमाथि परेको ब्याजदरको दबाब दोस्रो त्रैमासका लागि अन्त्य भएको देखिएको छ । किनभने, आइतबार सेयर बिक्री गर्दा पुस मसान्तमा तिर्नुपर्ने ब्याज भुक्तानी गर्न सकिँदैन ।
आज बेचेको सेयरको पैसा चार दिन मात्रै खातामा आउने त्यसले बैंकको ब्याज भुक्तानी गर्न सकिने अवस्था छ । तर, अब २६ गतेबाट मात्रै सेयर बजार खुल्छ । २६ गते बेचेको सेयर खातामा आउँदा पुस मसान्त सकिने भएकाले आज ब्याजदरको दबाबकाबीच बजार भिनो अंकले बढेर बन्द भएको हो ।
तर, आइतबार सेयर बजार बढ्ने संकेत देखिएको छ । बजारमा आज सेयर किन्नभन्दा बेच्ने लगानीकर्ताको भीड देखिएको छ । लगानीकर्ताहरु केही दिनदेखि नाफा बुक गर्न थालेकाले सूचक बढ्न सकेको छैन ।
बुधबार १३ अंकले बढेको बजार बिहीबार १५.९१ अंकले बढेर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचक २१९४.९१ अंकमा पुगेको छ । बिहीबार ५ अर्ब ८७ करोड ४७ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।
बिहीबार ट्रेडिङको ४.७९ प्रतिशत, बैंकिङको शून्य दशमलव ७९ प्रतिशत, फाइनान्स, निर्जीबन बिमा, उत्पादनमूलक सेयर मूल्य बढेको छ भने अन्य समूहको सूचक भने घटेको छ ।
बिहीबार पनि मल्टीपर्पस फाइनान्स कम्पनीको १० प्रतिशत मूल्य बढेको छ । त्यसैगरी, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट विकास बैंकको पनि झण्डै १० प्रतिशत हाराहारी मूल्य बढेको छ ।