काठमाडौं । लङलाइन रेस्क्यु र सिलिङ चार्टर्ड उडानका लागि अल्टिच्युड एयर पूर्णरुपमा तयार भएको छ । यसअघि उद्धार र चार्टर्ड फ्लाइट मात्र गर्दै आएको अल्टिच्युडले दुई जना पाइलटहरु भित्र्याएसँगै लङलाइन रेस्क्यु र सिलिङ चार्टर्ड उडानको लागि तयार भएको हो ।
लङलाइन रेस्क्यु गर्ने ४ जना क्याप्टेनमध्ये अल्टिच्युडले २ जना क्याप्टेन विवेक खड्का र आनन्द थापा (एण्डी) लाई भित्र्याएको हो । सिम्रिक एयरमा कार्यरत रहेका दुई क्याप्टेनहरुलाई केही दिनअघि मात्र अल्टिच्युडले ल्याएको थियो ।
अनुभवी र दक्ष क्याप्टेनको रुपमा परिचित क्याप्टेनका रुपमा परिचित खड्का र थापा भित्रिसँगै हेलिकप्टर कम्पनीले पूर्णता पाएको अल्टिच्युड एयरका प्रवन्ध निर्देशक निमानुरु शेर्पाको भनाइ छ ।
खड्का इन्स्ट्रक्चर क्याप्टेन पनि हुन् । उनले त्यहाँ रहेका जुनियर पाइलटहरुलाई तालिम दिने छन् । यो हुँदा आफ्नो कम्पनी भित्र रहेका पाइलटहरुलाई तालिम दिनसमेत सक्षम भएको देखिन्छ अल्टिच्युड एयर ।
लङलाइन रेस्क्यूलाई चुनौतीको रुपमा मानिन्छ । रेस्क्युको लागि चर्चित मुलुकको रुपमा रहेको स्वीट्जरल्याण्डको एयर जम्र्यानमा गएर तालिम लिएका हुन् ।
त्यहाँका अनुभवि पाइलटहरुले नेपालका पाइलटहरुलाई नै सक्षम बनाउने उद्धेश्य लिएर विशेष तालिम दिएका थिए । पाँच वर्षअघि नेपालको कोटाबाट खड्का र थापाले तालिम लिएका थिए ।
थापा र खड्का यस किसिमको तालिम लिएको दोस्रो पुस्ता हुन । लङलाइन रेस्क्युको तालिम हालसम्म नेपालमा ५ जनाले मात्र लिएका छन् । तीमध्ये पहिलो पुस्तामा सिद्धार्थ गुरुङ र आशिष शेरचन हुन् भने दोस्रो पुस्ताको रुपमा खड्का,थापा र सुरेन्द्र पौडेल हुन् ।
कसरी हुन्छ लङलाइन रेस्क्यु
अन्य रेस्क्युभन्दा लङलाइन रेस्क्यु अत्यन्त जोखिम हुन्छ । जोखिम मोलेर उद्धार गर्नुपर्ने भएकाले यसलाई विशेषा किसिमको उद्धारको रुपमा हेरिन्छ । यसमा आकाशमै जहाज राखेर विशेषा सावधानीका साथ उद्धार गर्नुपर्ने हुन्छ ।
त्यसका लागि एक जना विशेषा(उद्धारमा दक्ष) व्यक्तिलाई साथ लिएर आकाशमा हेलिकप्टर होल्ड गरेर उद्धार गरेर बेसक्यामसम्म डोरीमै झुण्डयएर ल्याइन्छ र त्यहाँबाट भित्र राखेर विरामीलाई काठमाडौंमा ल्याउने गरिन्छ ।
डोरिमा झुण्डाएर ल्याउँदा निकै समस्या हुने गरेको छ ।हिमालबाट गरिएका उद्धारहरुमध्ये ६० प्रतिशत थापा र खड्काको टिमले गरेको छ ।