काठमाडौं । लुम्बिनी विश्वविद्यालयमा उच्च शिक्षा लिने नेपाल वायुसेवा निगमका कर्मचारीकापरिवारलाई शुल्कमा विशेष छुट पाउने भएको छ ।
निगम र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच भएको सम्झौताअनुसार छुट पाउने भएका हुन् । योसँँगै नेपालको पर्यटन प्रवद्र्धन र बुद्धदर्शनको विस्तारमा पारस्परिक सहयोगको माध्यमले अगाडि बढ्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
यो सम्झौता हाललाई चारवर्षका लागि गरिएको छ र भविष्यमा नवीकरण गर्न सकिने उल्लेख छ । निगमका महाप्रवन्धक डिमप्रसाद पौडेल र विश्व विद्यालयका उपकुलपति प्रा. डा. हृदयरत्न बज्राचार्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार पर्यटन क्षेत्रमा दिगो विकासमा सहयोग पुग्ने गरी उड्डयन तथा पर्यटन क्षेत्रमा उच्च गुणस्तरको जनशक्ति तयार गर्न दुवै संस्थाकाबीच प्रयास गरिनेछ । लुम्बिनी सञ्चालन गर्नेछन् ।
नेपालको बहुआयामिक विकासका लागि उड्डयन क्षेत्रका साथै पर्यटन क्षेत्रको प्रवद्र्धनमा संयुक्त प्रयास गरिने कुरा सम्झौतामा समावेश गरिएको छ । पर्यटन र बुद्ध दर्शनसँग सम्बन्धित विशेष कार्यक्रम बनाउन र त्यसलाई कार्यान्वयन गर्ने बारे पारस्परिक समझदारी र सहयोगको आधारमा गरिनेछ ।
उड्डयन र पर्यटनको क्षेत्रमा अनुसन्धानात्मक क्रियाकलाप अगाडि बढाउन र राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा संस्कृति परम्परालाई विस्तार गर्ने लक्ष्य लिइएको समझदारी पत्रमा उल्लेख छ ।
लुम्बिनी बौद्ध विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि पर्यटनसँग सम्बन्धित विषयमा प्रयोगात्मक अध्ययनको अवसर निगमले प्रदान गर्नेछ भने विश्वविद्यालयले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा निगमको सेवालाई प्राथमिकता दिनेछ ।
पौडेलले निगमले बुद्धिष्ठ बाहुल्य भएका मुलुकहरुमा उडान सञ्चालन गर्ने अवधारणा राखेको बताए । यस्तै प्रा.डा. बज्राचार्यले बुद्ध धर्म मात्र नभएर यसले दर्शनको महत्व बोकेको कारण विश्वविद्यालयले त्यसैअनुसार कार्यक्रम सञ्चालन गरेको धारणा व्यक्त गरे ।