काठमाडौं । वीरगन्जमा चेम्बर अफ कमर्सको तदर्थ समिति गठन भएको छ । मनोज उपाध्यायको संयोजकत्वमा वीरगन्ज चेम्बर अफ कमर्स, पर्साले ९ सदस्य तदर्थ समिति गठन गरेको हो । समितिको सदस्यमा मुकेश अग्रवाल, विकास अग्रवाल, रविकुमार, विशाल कर्नानी, पारश अग्रवाल, शम्भु अग्रवाल, विशाल पटवारी र अमित मस्कारा छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यावसायिक हकहित तथा आर्थिक समृद्धिका लागि एकजुट भएर लाग्न व्यवसायीलाई आग्रह गरेका छन् । “सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली महाअभियानको हामी सारथी हौं”, अध्यक्ष श्रेष्ठले भने, “यो यात्रामा हातेमालो गर्दै अघि बढ्न चाहान्छौं ।”
यस्तै अध्यक्ष श्रेष्ठले ४ आना जग्गामा बन्न लागेको हरिवन चेम्बर अफ कमर्स, सर्लाहीको भवन शिलान्यास गरेका छन् । उक्त भवन चन्दा संकलन गरेर निर्माण सम्पन्न् गरिने हरिवन चेम्बरका महासचिव टिआर लुइँटेलको भनाइछ ।
उक्त अवसरमा हरिवन चेम्बरले ३६ सदस्यीय कार्यसमिति चयन गरेको छ । हाल यसमा २ सय ८४ जना सदस्य छन् । महोत्तरी चेम्बर अफ कमर्सको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई अध्यक्ष श्रेष्ठले प्रमाण्पत्र वितरण गर्नुभएको छ ।
बर्दिवासमा आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण गरिएको हो । यसैबीच, नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा बाराका व्यवसायीहरूबीच परिचयात्मक भेटघाट भएको छ । बारामा चेम्बरको जिल्ला र तीनवटा स्थानीय तहमा कमिटीहरू गठन भएका छन् ।
मकवानपुर चेम्बर अफ कमर्सले पनि शुक्रबार स्थानीय व्यवसायीहरूसँग अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।