काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्थानीय आर्थिक विकास समिति विस्तार गरेको छ । विस्तारित समितिको सभापतिमा कार्यकारिणी समितिका सदस्य सुरकृष्ण वैद्य तथा सह–सभापतिहरूमा कार्यकारिणी समितिकै उमेश डालमिया र महेन्द्रकुमार श्रेष्ठ छन् ।
समितिको सदस्यहरूमा चक्रबहादुर अधिकारी, कुविरकुमार श्रेष्ठ, अमृत भट्टचन, गजेन्द्रकुमार भगत, गोपाल केडिया र आर एण्ड डी इनोभेशन सोलुशन प्रालिका अध्यक्ष सुनिता नेमाफुकी चयन भएका छन् ।
समितिमा विशेष आमन्त्रित टिकापुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष परशुराम चपाई, बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली, दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर विक, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर राउत, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापति, दोलखा उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष दिनेश बस्नेत, रामेछाप उद्योग वाणिज्य संघका सल्लाहकार जेएन दाहाल छन् ।
यस्तै ललितपुर उद्योग वाणिज्य संघका सदस्य मिलन शाक्य, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ, गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साह, उद्योग वाणिज्य संघ इटहरीका सचिव विष्णुनारायण डांगी, सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष शिवराज श्रेष्ठ, झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु (राजु), ओेखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्के, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन), नयाँ बानेश्वरका कोषाध्यक्ष दिपक पनेरु, देवचुली उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष रेशमलाल सापकोटा, उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठ, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, गुर्खा इनकाउन्टर प्रालिका प्रतिमा भट्ट विशेष आमन्त्रित हुन् ।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व सचिव हरिहर सुवेदी समितिको सल्लाहकार भएको बताएको छ । अध्यक्ष शेखर गोल्छाले महासंघका तर्फबाट नेपाल सरकारमा के कस्तो सल्लाह सुझाव दिँदा जनताको जीवनस्तर सुधार, उद्यमशीलता विकास र रोजगारी सिर्जनामा गर्न सकिन्छ सोही अनुसार काम गर्न समितिलाई सुझाव दिएका छन् ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठले स्थानीय शीप, स्रोत साधन र कच्चा पदार्थमा आधारित उद्योग व्यवसाय विस्तारका लागि महासंघले गर्न सक्ने सहयोगको पहिचान गरेर अगाडी बढ्न नव गठित समितिलाई आग्रह गरे ।
सभापति वैद्यको सभापतित्वमा बसेको बैठकले स्थानीय आर्थिक विकासका लागि कसरी अगाडि बढ्न सकिन्छ भनेर छिट्टै कार्यशाला गोष्ठी गरी आगामी कार्ययोजना तयार गर्ने निर्णय गरेकको छ ।