काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको विधान संशोधनका लागि ३५ ओटा बुँदाको संशोधन प्रस्ताव विधान संशोधन समितिले कार्यसमितिलाई प्रस्ताव पठाएको छ ।
संशोधन समितिले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने हालको व्यवस्था हटाउने वा उक्त व्यवस्था एक दुई कार्यकाल यथास्थानमा राख्ने विकल्पसहितको प्रस्ताव पठाएको छ ।
यो व्यवस्थाले विशेष साधारणसभामार्फत विधान संशोधन भई तत्काल अध्यक्षको चुनाव हुन पनि सक्छ वा विधान संशोधनपछिको कार्यकाल वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेगरी एक दुई कार्यकाल राख्न पनि सक्ने छ ।
समितिले प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गर्दा महासङ्घको गरिमा अभिवृद्धि हुने हुँदा अध्यक्षको निर्वाचन गर्न उपयुक्त देखिएको कारणसमेत उल्लेख गरेको छ ।
महासङ्घले साउन ३१ गते कार्यकारिणी समितिको बैठक बोलाएलगत्तै सोमबार विधान संशोधन समितिले सम्पूर्ण कार्यकारिणी सदस्यहरुलाई संशोधन प्रस्ताव पठाएको हो ।
गत बुधबार बसेको महासङ्घको कार्यसमिति बैठकमा विधान संशोधनको प्रस्ताव नपठाएको भन्दै समितिका संयोजक चण्डिराज ढकालको आलोचना भएपछि आगामी कार्यसमिति बैठक बस्नुअघि प्रस्ताव पठाइएको हो ।
विधानको हालको व्यवस्थाअनुसार दफा ३४ (२) (क)मा भएको व्यवस्थाअनुसार साधारणसभाले उपदफा ७.१ (क) र (ख) बमोजिमका सदस्यहरुमध्येबाट एक जना वरिष्ठ उपाध्यक्ष निर्वाचित गर्ने छ ।
यसरी निर्वाचनमा खसेको मतको कम्तीमा ५० प्रतिशत र थप एक प्रतिशत मत प्राप्त गर्नुपर्ने छ । पहिलो चोटि हुने निर्वाचनमा ५० प्रतिशत र थप एक प्रतिशत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने २ उम्मेदवारबीच पुनः निर्वाचन गराइने छ । पुनः निर्वाचन हुँदा दोस्रो पटक हुने निर्वाचनमा बढी मत प्राप्त गर्ने उम्मेदवार वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने छ ।
यस्ता छन् संशोधनका प्रस्तावहरुः