काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ । बैंकले भरतपुर महानगरपालिका, वडा नं. ९ को हाकिमचोकमा सोमबारबाट शाखा सञ्चालनमा ल्याएको हो ।
शाखा उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले स्थानीय निकायका पदाधिकारीको समन्वयमा किसान केन्द्रित कार्यक्रम ल्याएर सेवा दिने बताएका छन् । सो अवसरमा बैंकले विभिन्न व्यवसायहरुलाई वित्तीय कारोबारमा सहजताका लागि क्यूआर कोड हस्तान्तरण गरेको छ ।
यस्तै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले भरतपुर क्षेत्रको समग्र आर्थिक तथा सामाजिक रुपान्तरणका लागि करिब २० हजार निजी व्यवसायीहरु रहेको र उनिहरु सबैसँग सहकार्य गर्न आवश्यक रहेको बताए ।
बैंकले देशको अर्थतन्त्रमा उद्योग र उत्पादनबीचको सम्बन्ध तथा उद्यमशिलता प्रबद्र्धनका लागि सहयोग पुर्याएको चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलको भनाइ छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशराज अर्यालले समग्र अर्थतन्त्र र व्यक्तिगत आर्थिक गतिविधिमा बैंकिङ क्षेत्रको महत्वपूर्ण भुमिका रहने बताएका छन् ।
एनसीसीले सरल, सुलभ, समसामयिक, विश्वासिलो र सुरक्षित बैंकिङ सेवा प्रवाह गर्दै आएको र सो कार्यलाई निरन्तरता दिँदै हाकिम चोकमा शाखाको शुरुवात गरिएको सीईओ अर्यालको बताए । ७ वटै प्रदेशमा एनसीसी बैंकका १२८ शाखा, ८ वटा एक्स्टेन्सन काउन्टर र १०७ वटा एटीएम सञ्चालनमा छन् ।