विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा औद्योगिक वातावरण बन्दै गएको बताएका छन् । उद्योग संगठन मोरङको पदस्थापन तथा ‘मेरो देश, मेरै उत्पादन’ कार्यक्रमको भर्चुअल माध्यमबाट समुदघाटन गर्दैै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
‘औद्योगिक वातावरण छैन भन्ने कताकती सुन्छु,’ उनले भने ‘३ दशकदेखिको हिंसाको माध्यमबाट राजनीति गर्नेलाई सहमतिमा ल्याएका छौ । हिंसा सकिएको छ । औद्योगीक वातावरण अनुकुल बनेको छ ।’
उद्योग संगठन मोरङको अगुवाईमा सुरु भएको ‘मेरो देश, मेरै उत्पादन’ अभियानको भर्चुलल्ली उद्घाटन गरेका प्रधानमन्त्री ओलीले चन्दा आतंक राजनीतिक समस्या समधान भएको जिकिर गरे । ‘उद्योग सञ्चालनका लागि अनुकुल र मैत्रिपूर्ण वातावरण बनेको छ,’ उनले भने, ‘उत्पादनको क्षेत्रमा हामी एउटा नयाँ उचाईबाट अगाडी बढाउन सक्छौ ।’
.jpg)
‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने अभियानमा लागेको उनले बताए । प्रधानमन्त्री ओलीले ‘मेक इन नेपाल’ र ‘मेरो देश मेरै उत्पादन’ जस्ता अभियानलाई सरकारले सहयोग गर्ने बताए । उद्घाटन कार्यक्रममा उनले उद्योगी व्यापारीहरुलाई भने ,‘कहाँ कठिनाई छ त्यो लेखेर ल्याउनुस । त्यसलाई छलफलबाट सच्याउँछौ । सरकार र निजी क्षेत्र एक अर्काको सहयोगी हो ।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले मेरो देश मेरै उत्पादन नितान्त नारामात्र नभएको जिकिर गरे । उनले यसको माध्यमबाट देशमा रोजगारीको सृजना गर्ने बताए । अभियानले आफ्नो उत्पादनको उपभोग गर्ने अभ्यासको विकासमा समेत सहयोग गर्ने बताए ।

‘यो अभियान आफ्नो आवश्यकता मात्र होइन । विदेश निर्यात गर्न सक्ने अवस्थामा पुग्नु पनि हो,’ उनले भने,‘यसबाट रोजगारीको थलो सृजना गर्ने र नागरिकको आय बढाउनु पनि हो । अन्तर्राष्ट्रिय पहिचानदेखि व्यापार घाटा घटाउन पनि यो अभियान हो ।’
कार्यक्रममा थोरै मात्रामा भए पनि नेपालको व्यापार घाटा संन्तुलनमा रहेको बताउदै उनले आयात प्रतिस्थापन गर्न सफल बन्दै गएको दावीसमेत गरे ।
उनले सरकारले हालै ८ वटा ठूलो औद्योगिक क्षेत्र शिलान्यास गरेको स्मरण गर्दै मुलुक औद्योगिक दिशातर्फ फर्केका छ भन्दै सेजहरु, नयाँ औद्योगिक क्षेत्रहरु र पालिकामा औद्योगिक ग्राम निर्माणले साना, मझौला घरेलु उद्योग स्थापनाबाट उद्यमी प्रवित्तिको विकास भएको विचार व्यक्त गरे ।
कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले अभियानको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा उद्योग संगठनका वर्तमान कार्यसमितिका पदाधिकारीले नवनिर्वाचिन पदाधिकारीलाई आफ्नो पदभार हस्तान्तरण गरेका थिए । सो अवसरमा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
सङ्गठनका निवर्तमान अध्यक्ष भीम घिमिरेले वर्तमान प्रधानमन्त्रीको कारण उद्योगका कर, श्रम समस्या समाधान भएको चर्चा गर्दै अहिले औद्योगिक मैत्री वातावरण निर्माण भएको अनुभूति गरेको बताए। सो अवसरमा सङ्गठनका पूर्वअध्यक्षले नव निर्वाचित अध्यक्ष सुयेश प्याकुरेललाई सपथ ग्रहण गराएका थिए ।