काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार ६६० जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार ५५ जनाको ज्यान समेत गुमाएका छन् । नेपालमा कोरोना भाइरस संक्रमणबाट मंगलबारसम्म तीन हजार ४१७ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । जसमध्ये ५५ हजार ५२० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा चार हजार २७८ जना रहेका छन् ।
मंगलबार ६१६ जना आईसीयूमा र १७९ जना भेन्टिलेटरमा उपचाररत छन् ।
कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?
मन्त्रालयका अनुसार रुपन्देहीमा ३६९ जना, कास्कीमा २४७ जना, मोरङमा २४६ जना, चितवनमा २२६ जना र दाङमा २०१ जनामा कोरोना संक्रमित थपिएका छन् ।
यस्तै बाँकेमा १९२, झापामा १७४, कैलालीमा १४०, सुनसरी र सुर्खेतमा १२४र १२४ जना, काभ्रेपलाञ्चोकमा ११७, पर्सामा ११२, धनुषामा १०४ जनामा कोरोना संक्रमित थपिएका छन् ।
यस्तै नुवाकोटमा ८३, धादिङमा ७५, मकवानपुरमा ६९, महोत्तरीमा ६५, कपिलवस्तुमा ६४, डोटीमा ५०, डडेल्धुरामा ४७, पाल्पामा ४८, बैतडीमा ४२,गोरखामा ३८, बारामा ३६ , नवलपरासी पूर्वमा ३५, दैलेखमा ३४, सप्तरीमा ३३ तथा सर्लाही र सिन्धुलीमा ३२।३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै अछाममा ३०, सिराहा, सिन्धुपाल्चोक र बर्दियामा २८।२८ जना, अर्घाखाँचीमा २७, रौतहट र गुल्मीमा २६।२६ जना, रामेछापमा २४, लमजुङ २३,दोलखामा २२, नवलपरासी पश्चिम २१, तनहुँ र स्याङ्जामा २०।२० जना, जुम्ला र सल्यानमा १८।१८ जना, पर्वत र रोल्पामा १७र१७ जना कोरोना संक्रमित थपिएका छन् ।
यसैगरी ओखलढुंगामा १६, प्युठान र कञ्चनपुरमा १२।१२ जना, म्याग्दीमा ११, उदयपुरमा १०, इलाम र रसुवामा ९।९ जना, बागलुङ र जाजजरकोटमा ७।७ जना, ताप्लेजुङ, पाँचथर र संखुवासभा ५।५ जना, रूकुम र कालिकोटमा ४।४ जना कोरोना संक्रमित भेटिएका छन् ।
यस्तै खोटाङ, तेह्रथुम, धनकुटामा, सोलुखुम्बु, रूकुम पश्चिम र दार्चुलामा ३।३ जना, डोल्पा र मुगुमा २।२ जना तथा भोजपुर, हुम्ला,बझाङ र बाजुरामा १।१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।