काठमाडौं। ब्रिज इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीका सीईओ भुवन गिरि भारतको प्रतिष्ठित कर्पोरेट म्यागजिन प्राइम इनसाइट्सको विशेष संस्करणमा प्रकाशित भएका छन्। शिक्षा परामर्श क्षेत्रमा नयाँपन ल्याउन परिचित गिरिको यो सफलताले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ।
३० वर्षको उमेरमै शिक्षा क्षेत्रमा उदाहरणीय काम गरेका गिरिको नेतृत्वमा ब्रिज इन्टरनेसनलले नेपालमा १८, अस्ट्रेलियामा ३, यूके र क्यानाडामा १–१ शाखा विस्तार गरेको छ, जहाँ १०० बढी युवाले रोजगारी पाएका छन्।
गिरिले रियल–टाइम डिजिटल सीआरएम, एचआर प्रणाली, पे–स्लिपजस्ता प्रविधि भित्र्याएर आफ्ना कर्मचारीको बिमा र कानुनी सुरक्षा सुनिश्चित गरेका छन्, जुन नेपालको शिक्षा परामर्श क्षेत्रमा पहिलो हो। विदेशमा रहेका विद्यार्थीलाई सहयोग र मार्गदर्शन गर्ने उनको प्रयासले धेरैको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ।
कम्पनीले वार्षिक रूपमा ‘ग्रान्ड रिट्रिट प्रोग्राम’ आयोजना गर्छ, जुन नेपाली शिक्षा परामर्श क्षेत्रमै सबैभन्दा ठूलो मानिन्छ। यसका साथै, ‘कर्मचारी कल्याण तथा मूल्यांकन कार्यक्रम’अन्तर्गत हरेक महिना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिन्छ भने वर्षको अन्त्यमा उत्कृष्ट प्रदर्शन गर्ने कर्मचारीलाई सम्मान गरिन्छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत ब्रिजले दुर्गम क्षेत्रका विद्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकीलाई सहयोग गर्दै आएको छ।यसका साथै, देशका विभिन्न स्थानमा शिक्षा मेला, सामाजिक कार्यक्रम, सांगीतिक कार्यक्रम र एआई सम्मेलन आयोजना गरेर समुदायसँग नजिकको सम्बन्ध स्थापित गरेको छ।