काठमाडौं । निजी क्षेत्रका तीन प्रमुख संस्थाले कोभिड–१९ को उपचारमा महत्वपूर्ण मानिएको अक्सिजन सिलिन्डर यथाशीघ्र सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन आग्रह गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षत्रयले आज संयुक्त रूपमा विज्ञप्ति प्रकाशित गरी मुलुक कहिल्लै भोग्नु नपरेको महामारी र त्यसबाट सिर्जित स्वास्थ्य जटिलतासँगै सामाजिक एवं आर्थिक समस्यासँग जुधिरहेको तथ्यलाई स्मरण गराएको छ ।
उनीहरूले कोभिड–१९ को दोस्रो लहरसँगै सङ्क्रमित र यसबाट मृत्यु हुनेको सङ्ख्या हरेक दिन नयाँ रेकर्ड राख्दै बनेको, अस्पताल भरिदै गएका छन् भने विशेष गरी संक्रमितको जीवन रक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डरको चरम अभाव देखिएको उल्लेख गरे ।
ग्यास उत्पादक कम्पनीलाई स्वास्थ्य उपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर उपलब्ध गराउन पनि अपिल गर्दै उनीहरूले यस परिस्थितिमा आम उपभोक्तालाई पनि आफ्नाे जस्तै अरुको स्वास्थ्यको पनि ख्याल राख्दै आवश्यकताभन्दा बढी सिलिन्डिर सञ्चित नगरी दिन हुन आग्रह गरेका छन् ।
यसैगरी अत्यावश्यकीय खाद्य सामग्रीको सञ्चिति र त्यसमा मूल्यवृद्धि भइरहेको भन्ने सर्वसाधारणको गुनासोप्रति पनि हाम्रो ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त विज्ञप्तिमा भनिएको छ, “ महामारीको विषम परिस्थितिमा कुनै पनि प्रकारको सञ्चिति र मूल्य वृद्धि नगर्न हामी निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू सम्वद्ध सबै व्यवसायीहरूमा अपील गर्दछौँ ।
अहिलेको अवस्थामा ठूला उद्योगी एवं वितरकहरूले पनि समग्र वितरण प्रणालीमा अनावश्यक मुल्यवृद्धि हुन नदिन आवश्यक अनुगमन गर्न पनि आह्वान गर्दछौँ ।”
आम उपभोक्ता वर्गमा सामानको मौज्दात रहेको जानकारी गराउँदै अनावश्यक सञ्चिति नगरिदिन हुन पनि अनुरोध गरिएको छ । त्यस्तै, केही निजी अस्पतालले विषम परिस्थितिमा चर्को शुल्क लिइ उपचार गरिरहेको भन्ने समाचारतर्पm पनि हाम्रो ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, “बिरामीको जीवनरक्षा मुख्य उद्देश्य राखेर खुलेका अस्पताल मुलुक सङ्कटमा रहेको र स्वास्थ्य सेवा जटिल बन्दै गएको यस समयमा अनावश्यक नाफा आर्जन गर्नेतर्पm लाग्नु हुने छैन भन्ने पनि हामीले विश्वास लिएका छाैं ।”
निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले जिम्मेवार व्यवसायमा विश्वास गर्ने र बजारमा हुने कुनै पनि प्रकारको अनैतिक गतिविधिको निन्दा भत्र्सना र विरोध गरेको छ ।
चरम सङ्कटका बेला जिम्मेवार व्यवसाय प्रवर्द्धन गर्न एवं गैर प्रतिस्र्धात्मक र अनैतिक व्यवसायमा संलग्नमाथि कारवाही गर्न उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमस सरकारको साथमा रहेको जानकारी गराएको छ ।