काठमाडौं । विश्वको दोस्रो ठूलो रेडिमेड गार्मेन्ट निर्यातक मुलुक बंगलादेशलाई भियतनामले उछिनेको छ । २०२० मा भियतनामले २९ अर्ब डलरको कपडा निर्यात गरेको छ भने बंगलादेशले २८ अर्ब डलर मूल्यको कपडा निर्यात गरेको विश्व व्यापार संगठन डब्ल्यूटीओको पछिल्लो तथ्यांकले देखाएको छ ।
सन् २०१० यता डब्ल्यूटीओको सूचीमा बंगलादेश रेडिमेड गार्मेन्ट निर्यातकर्ताको दोस्रो श्रेणीमा थियो । तर, २०२० मा कोभिड–१९ महामारीका कारण बंगलादेश र भियतनाम दुवै मुलुकको गार्मेन्ट निर्यात ओरालो लागेको थियो । यद्यपि भियतनामको तुलनामा बंगलादेशले तीव्र गतिमा निर्यात घटाएको थियो ।
यसबाहेक महामारीको सुरुवातसँगै चीनमा आउने कपडाको माग दक्षिण पूर्वी एसियाली मुलुकतिर सरेपछि भियतनामलाई थप लाभ भएको थियो ।
माग घटे पनि विश्वको सबैभन्दा ठूलो कपडा निर्यातकको रुपमा चीनको स्थान कायम नै छ ।
रेडिमेड गार्मेन्टको विश्वबजारमा चीनको अझै पनि ३१.६ प्रतिशत हिस्सा छ । २०२० मा यो ७ प्रतिशतले घटेपछि उसले सो अवधिमा कुल १४२ अर्ब डलरको रेडिमेड कपडा निर्यात गरेको थियो ।
अमेरिका र चीनबीचको व्यापार युद्धका कारण चीनमा आउने ठूलो एफडीआई भियतनामको उद्योगतिर गयो, सोही समय अमेरिकी उपभोक्ताको माग पनि भियतनामतिरै स्थानतरण भयो ।
पछिल्लो ट्रेण्डलाई हेर्ने हो भने रेडिमेड गार्मेन्टको माग चीनबाट व्यापक मात्रामा भियतनामतिर गइरहेको छ । जसको परिणाम स्वरुप भियतनामको कुल निर्यात अमेरिकामा २६ प्रतिशतसम्म बढेको छ ।
भियतनामको आफ्नै निशूल्क व्यापार सम्झौता एफटीए, ट्रान्स पेसिफिक पार्टनरसिपका लागि बृहत तथा प्रगतिशिल सम्झौता सीपीटीपीपी, ईयू भियतनाम एफटीए र आरसीईपीका जस्ता जापान, अष्ट्रेलिया र न्युजियल्याण्डसँगको विभिन्न द्वपक्षीय एफटीए सम्झौताका कारण उसले विश्व बजारमा ५० प्रतिशत भन्दा धेरै शून्य भन्सारको पहुँच पाइसकेको छ ।
यहीँ एफडीआई र एफटीएको कारण भियतनामले बंगलादेशको ११ वर्ष लामो विरासत तोड्न सफल भएको हो । यद्यपि यी दुईको मुलुकको गार्मेन्ट उद्योगको संरचना र निर्यात सम्भाव्यताबीच रहेको ठूलो भिन्नताले भियतनामको अहिलेको उचाई निरन्तर रहिरको कुरामा संशय उत्पन्न गराउँछ ।
किनभने भियतानको गार्मेन्ट उद्योग दुई भागमा विभाजित छ एउटा स्थानीय उत्पादक जो निर्यातमा एकदमै कम केन्द्रित हुने गरेका छन् भने अर्को विदेशी लगानी भएका कम्पनीहरु जो निर्यातमा मात्र केन्द्रित छन् ।
भियतनामका अधिकांश डोमेस्टिक टेक्सटाइलमा निर्यातको गुणस्तरता पनि छैन । यसबाहेक घरेलु उत्पादकले टेक्सटाइलको १५ प्रतिशत मात्र घरेलु माग धान्न सकेको छ ।