काठमाडौं । विश्वभरका सिमानाहरू पुनः खुल्न थालेसँगै अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजहरूमा नेपाली विद्यार्थी भर्ना हुने क्रम उल्लेख्यनीय रूपमा बढेको छ । प्रमुख अन्तर्राष्ट्रिय शिक्षा प्रदायक स्टडी ग्रुपले २०२० यता ३६ प्रतिशतले विद्यार्थी भर्ना वृद्धि भएको जनाएको छ ।
गत वर्षदेखि हालसम्म ५५ प्रतिशत नेपाली विद्यार्थीहरूले उत्तर अमेरिकाका विश्वविद्यालयहरूमा आवेदन दिएका छन् । त्यसैगरी ४५ प्रतिशत विद्यार्थी बेलायतका विश्वविद्यालयहरूमा भर्ना भए र १० प्रतिशत विद्यार्थीले अष्ट्रेलियालाई आफ्नो मनपर्ने गन्तव्यका रूपमा रोजेका छन् । अष्ट्रेलिया विद्यार्थीहरूको मनपर्ने गन्तव्यको सूचीमा शीर्ष स्थानमा छ भने अमेरिका, बेलायत र युरोप पनि यस सूचीमा परेका छन् ।
नेपाली विद्यार्थीहरूमाझ विशेष गरी नर्सिङ, जनस्वास्थ्य, बिजिनेस एड्मिनिस्ट्रेसन, इन्जिनियरिङ व्यवस्थापन, लेखा, सूचना प्रविधि, डाटा विज्ञान, प्रारम्भिक बाल्यकाल शिक्षा, सहरी योजना र इन्जिनियरिङ लगायतका विषयहरू लोकप्रिय छन् । यसरी विदेश जानेहरूमा अधिकांश बागमती, गण्डकी र लुम्बिनी क्षेत्रका विद्यार्थीहरू छन् ।
विदेशमा गएर अध्ययन गर्नु नेपालका धेरै विद्यार्थीहरूका लागि आकांक्षा हो जसले अन्तर्राष्ट्रिय जीवनशैलीको अनुभव गर्न मन पराउँछन्, आफ्नो पाठ्यक्रम पूरा गरेपछि रोजगारीका लागि विशाल अवसरहरू खोज्छन् र जो विदेशमा बस्न इच्छुक छन् ।
अग्रणी अन्तर्राष्ट्रिय शिक्षा प्रदायक स्टडी ग्रुपका दक्षिण एसियाका क्षेत्रीय निर्देशक श्रीनी बन्दारा भन्छिन्, ‘विदेशका विश्वविद्यालयहरूमा आवेदन दिने नेपाली विद्यार्थीहरूको संख्यामा यस्तो उल्लेख्यनीय वृद्धि भएको देख्न पाउँदा हामी अत्यन्तै खुसी छौं ।
उनीहरू उत्तर अमेरिका, बेलायत र अष्ट्रेलिया जस्ता देशहरूमा मुख्यतयाः आफ्नो शैक्षिक उत्कृष्टता हासिल गर्न, पार्टटाइम जागिरका अवसरहरू खोज्न र स्नातकोत्तर कार्य अनुभवको लागि आकर्षित हुन्छन् ।’ हाल इन्रोलमेन्ट डिसिजनलाई प्रभाव पार्ने गन्तव्य देशहरूको भिसा नियमहरूमा सामूहिक खोप अभियान चलिरहेका छन् ।