ललितपुर । उच्च अदालत बार एसाेसिएसन पाटनको २०औं नयाँ कार्यसमितिको अध्यक्ष पदमा शान्तिराम खतिवडा विजयी भएका छन् । उनले १ हजार ६६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी रामकृष्ण शर्माले २ सय ७१ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा रामचन्द्र न्यौपानेले १ हजार २३ मत ल्याएर विजयी भएका छन् भने उनकाे प्रतिस्पर्धी नारायण खरेलले २ सय ८४ मत प्राप्त गरेका छन् । सचिवमा रवीन्द्रकुमार ढुंगाना, सहसचिवमा इन्दु कार्की, कोषाध्यक्षमा मिलन श्रेष्ठ विजयी भएका छन् ।
त्यस्तै १४ सदस्यमा रमति महर्जन, भवानी भट्टराई, ईश्वरप्रसाद पुडासैनी, ओमप्रकाश चौधरी, श्याम रोक्का, धर्मराज पौडेल, राजाराम घिमिरे, लावण्यराज कार्की, धनजीत बस्नेत, शुलभ खनाल, सरिता आचार्य, रामकुमार खतिवडा, भावेश गौतम र सागर शर्मा विजयी भएका छन् ।
देशका ९० बार एकाइमध्ये सबैभन्दा बढी सदस्य सङ्ख्या २ हजार ८ सय २८ मतदाता पाटन बारमा छन् । साे बारमा दुई समूह प्रतिस्पर्धामा उत्रिएका थिए । प्रजातान्त्रिक समूहको प्रतिनिधित्व शर्माले गरेका थिए भने प्रगतिशील समूह शान्तिराम खतिवडाले गरेका थिए । प्रगतिशी समूहमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) निकट कानुन व्यवसायी थिए ।
नयाँ कार्यसमितिमा पाँच पदाधिकारी र १४ सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । शनिबार मतदान सम्पन्न भएर राति अबेर मतपरिणाम सार्वजनिक गरिएको थियो । साे कार्यसमितिको समयावधि दुई वर्षको हुनेछ ।