काठमाडाैं । कृषि विकास बैङ्कबाट ४ करोड ७३ लाख रुपैयाँ ह्याक भएको पुष्टि भएको छ । ह्याकमा संलग्न एक भारतीयसहित १२ जनालाई पक्राउ गरी महानगरीय अपराध महाशाखा टेकुले सार्वजनिक गरेको छ ।
काले भनेर चिनिने विदेशी नागरिक पिटरले यिनीहरुलाई मुम्बईबाट ह्याकिङ गर्न परिचालन गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ५ अर्ब रूपैयाँ ह्याक गर्ने योजनाका साथ १५ देखि ३५ प्रतिशत कमिसन दिएर नेपालमा मानिस परिचालन गरेको अनुसन्धानले देखाएको छ । ह्रयाक गरिएकाे मध्य ६० लाख रूपैँया भने बरामाद गरिएकाे छ ।
पक्राउ पर्नेमा काेलकाता भारत घर भई हाल काठमाडौ टेबहाल बस्ने सुवन्नर पञ्जा (३०) , नुवाकोट मेघाङ गाउपालिका ४ का लवाङ तामाङ (४३), रसुवा नौकुण्ड गाउपालिका ५का निमा तामाङ (१८), निर्मला तामाङ (२०), लक्ष्मी लामा तामाङ(४०), तारकेश्वर नगरपालिका काठमाडौका सञ्जय घले (३६) रहेका छन ।
यस्तै सर्लाही हरिवन नगरपालिका २ का पुष्पराज खड्का (४२), लम्जुङ दोर्दी गाउपालिका ३ का दिब्यसागर लामिछाने (२३), तनहु भानु नगरपालिका ९ का श्रवणकुमार श्रेष्ठ (३८), कैलाली भजनी नगरपालिका ३ का बिजय शाह (२२), सोही नगरपालिका १ का चन्द्रबहादुर बुढा (४५) र भक्तपुर ठिमी नगरपालिका ४ का सुनिता श्रेष्ठ (३२) छन् ।
याे पनि पढ्नुहाेस् ।
कृषि विकास बैंकका ह्याकरहरू २ बजे सार्वजनिक गरिदै
पैसा चोर्न फेरी सल्बलाए ह्याकर, थप असुरक्षित बन्दै बैङ्किङ क्षेत्र