अछाम ।अछाममा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका–६ का २ वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका–५ का १७ वर्षीया जानकी शाही, १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनीषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीया मेनिका शाही, ३ वर्षीया कल्पना शाही र २१ वर्षीया भावना शाही छन् ।
यस्तै कमलबजार नगरपालिका–६ का ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीय अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी, १२ वर्षीय सिरु कामी छन् । सोही कमलबजार ८ डुङाल्ला का २६ वर्षीय गम्भीर दमाई, २३ वर्षीया भाना दमाई, ६ वर्षीय डिग्रा दमाई, ३ वर्षीय कलु दमाई, ४ वर्षीया कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।
पहिरोमा परी ११ जना घाइते भएका छन् । तीमध्ये तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो । रासस