काठमाडौं। एनआइसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपबाटै डिजिटल रुपमा कर्जा प्रदान गर्ने गरी एनआइसी एसिया फोनलोन सेवा शुभारम्भ गरेको छ।
उक्त सेवाबाट ग्राहकहरूले मोबाइल एपमार्फत बिना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रुपमा बैंकका शाखा उपस्थित नभई अधिकतम २ लाखसम्मको पूर्वस्वीकृत कर्जा लिनसक्नेछन्। बैंकले ल्याएको यस नयाँ सेवाबाट ग्राहकले १ देखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्नेछन्।
यस बैंकमा रहेको तलब बचत खाता, नियमित कारोबार एवं यस बैंकमा बक्यौता कर्जा नरहेको लगायत अन्य केही शर्त एवं मापदण्डको आधारमा ग्राहकहरूले कर्जा सेवा उपभोग गर्न सक्नेछन्।
साथै, उक्त मापदण्डबारे एपले नै स्वचालित रुपमा ग्राहकको कर्जा प्राप्त गर्ने योग्यता मापन गरी सम्बन्धित ग्राहकले कर्जा प्राप्त गर्ने वा नगर्ने अवस्थाको निर्क्याैल गर्नेछ र कर्जा लिन योग्य ग्राहकको माेबाइल बैंक एपमा कर्जा आवेदन दिने विकल्प देखिने व्यवस्था बैंकले गरेको छ।
कर्जा लिन योग्य ठहरिएका ग्राहकले एनआइसी एसिया माेबाइल बैंकमा लगइन गरी त्यहाँ उल्लेखित एनआइसी एसिया फाेनलाेन आइकनमा ट्याब गरी दर्ता सम्पन्न गरी कर्जाको प्रक्रिया अगाडि बढाउन सक्नेछन्।
‘डिजिटल फष्ट’ रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्भ हेल्पको अभ्यासलाई एनआइसि एसिया माेबाइल बैंक प्लेटफर्ममार्फत अघि बढाईरहेको छ।
जसअनुसार ग्राहकहरूले आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिटेन्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसिरएनसेल टपअप, युटिलीटी बिल भुक्तानी, शेयर आवेदन आदि जस्ता थुप्रै आकर्षक सुविधाहरू सहज रुपले लिन सक्नेछन्।