ललितपुर । ललितपुर महानगरपालिका ९ गछेंटोलका पाँचजना यूवा मिलेर शंखमुल पुल नजिकै प्राचीन मल्लकालीन दरवार शैलीमा ‘यल दरवार भेन्यु’ पार्टि प्यालेस सञ्चालनमा ल्याउदै छन् । नेवारी भाषा ‘यल दरवार’को अर्थ नेपालीमा ‘पाटन दरवार’ हो । औपचारिक उद्घाटन सन् २०२० को जनवरीमा गर्ने निश्चि भएपनि यही कात्तिक २९ देखि नै सञ्चालन गर्ने तयारी छ ।
परम्परागत कला, स्थानिय सस्कृती र सम्पदानको संरक्षण र प्रबद्र्धन गर्न सोहि रुपमा ५ करोड भन्दा बढी लगानी गरिएको सञ्चालकहरु बताउछन् । विभिन्न फरक व्यवसायमा संलग्न युवा व्यवशायीहरु रवि महर्जन, राकेश महर्जन, सुनिल महर्जन, विकास मर्हजन र विनोद महर्जनको होटलमा ६० प्रतिशत लगानी गरेका छन् । बाँकी ४० प्रतिशत भने स्थानीय गछेंका टोलवासीको लगानी छ । यल दरवार भेन्युको अध्यक्षमा रवि महर्जन र प्रवन्ध संचालकमा सुनिल महर्जन छन् ।
होटल निर्माणमा तेलिया इँटा, दाँची इँटाजस्ता परम्परागत कलात्मक बुट्टे इँटामा चुना सुर्कीको प्रयोग गरि प्रायः लोप भईसकेको झिंगटी, पुराना शैलीका काठका झ्याल ढोका प्रयोग भएका छन् । त्यस्तै काठ र फलाम उपयोग गरेर मल्लकालीन प्राचीन दरवारको शैलीमा होटल निर्माण गरिएको अध्यक्ष रवि महर्जनले बताए । होटललाई थप आकर्षक बनाउन मंगलबजार कृष्ण मन्दीर परिसरको रानीपोखरी जस्तै कलात्मक रंगीन पानीको फोहोरा (फाउण्टेन) दरवारको प्रांगणमा जडान गरिएको छ ।
होटलमा एकैपटकमा दुई हजार अतिथि अटाउन सक्ने मुख्य हल र तीनवटा सेमिनार हल रहेका छन् । ग्राहकको चाहना अनुसार नेवारी सुकुल भोजको पनि व्यवस्था गर्न सकिने उनले बताए । पर्याप्त पार्किङ सुविधा, बाल खेलमैदान, अपाङ्ग र जेष्ठ नागरिकमैत्री भवन यसका बिशेष रहेको प्रवन्ध निर्देशक सुनिल महर्जनले बताए । बिबाह, ब्रतबन्ध, सेमिनार तथा अन्य कार्यक्रमका लागि उपयुक्त हुने यल दरबार करीव १० रोपनी क्षेत्रफलमा फैलिएको छ ।