काठमाडाैं। नेपालको अग्रणी अनलाइन ई-कमर्स प्लेटफर्म, दराज नेपालले यस वर्षको 'दराज सेलर समिट २०२३' आयोजना गरेको छ। कम्पनीका अनुसार यस कार्यक्रमको मुख्य एजेन्डा दराजको सबै विक्रेताहरूलाई उनीहरुको सहयोग र प्रतिबद्धताका लागि जानकारी गराएका थिए। त्यसैगरी, यस इभेन्ट दराजको एक अवार्ड तथा बिक्रेताहरुसँग अभिवादन प्रकट गर्ने समारोह पनि थियो।
कार्यक्रममा आआफ्नो क्षेत्रका विज्ञहरुले विभिन्न मन्तव्यहरु समावेश गरेका थिए। मधुकुमार मरासिनी (सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय), दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवर,, शेखर गोल्छा ( एफएनसीसीआईका अध्यक्ष) र साथमा दीपकराज जोशी, रामचन्द्र तिवारी, प्रवीण रुक्षन, होमनाथ भट्टराई, भेषबहादुर कुँवर, लक्ष्मण हुमागाईं, शंकरसिंह धामी, सुदेश उपाध्याय, गोविन्द घिमिरे र सुनिता कायस्थ विशेष अतिथिको रूपमा यस इभेन्टमा उपस्थित भएका थिए ।
समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु कुमार मरासिनीले नेपालको ई-कमर्स उद्याेग र यसको आगामी सम्भावनाहरुलाई समावेश गर्दै केही शब्द राखेका थिए।
त्यसैगरी दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले उपस्थित व्यक्तित्वहरुलाई सम्बोधन गर्दै, कम्पनीले गत वर्षमा गरेका उपलब्धिहरू, भावी वर्षको लागि दृष्टिकोण, र वाणिज्य शक्तिको माध्यमबाट समुदायको उत्थान गर्न कम्पनीको प्रयासलाई हाइलाइट गरेका थिए। उनले यस इभेन्टमार्फत दराज परिवर्तनका लागि एक सक्रिय च्यानल हुन चाहेको बताएका थिए।
यसबाहेक शेखर गोल्छाले नेपालको ई-कमर्स र डिजिटल अर्थतन्त्र, यसका फाइदा र बेफाइदाका साथै नेपालको ई-कमर्स उद्योगका लागि आगामी दशक कस्तो रहने छ भन्ने बारेमा आफ्ना विचार र दृष्टिकोणहरु साझा गरेका थिए।
त्यस्तै दराजको प्रमुख कार्यकारी अधिकृत बिमल अर्यालले विगत केही वर्षमा दराजले सञ्चालनको दृष्टिकोणबाट गरेका सुधारहरूको बारेमा पनि बताए। यसका साथसाथै युनिसेफ आपतकालीन विशेषज्ञ सुनिता कायस्थले पनि केही शब्दहरु प्रस्तुत गरे भने एनएमबी बैंकका डिसिइओ गोविन्द घिमिरेले दराज बिक्रेताहरूले अब बैंकबाट बिनाधिताे ऋण लिन बताए।
कार्यक्रमको समापनमा एक अवार्ड समारोह राखिएको थियो जहाँ गत वर्षका उत्कृष्ट बिक्रेताहरुलाई विशेष ट्रफी तथा १० हजार रूपैयाँ बराबरको दराज भाउचर प्रदान गरिएको थियो ।