काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट १५ फाइभ जी नेपालमा ल्याएको छ। यो स्मार्टफोन अल्ट्रा स्लिम डिजाइन, बलियो ब्याट्री, उच्च प्रदर्शन र प्रिमियम फिचरसहित प्रयोगकर्ताका लागि एक उत्कृष्ट स्मार्ट फोन भएको कम्पनीले जनाएको छ।
डिजाइन र बनावट- नोट १५ फाइभ जी तीन आकर्षक रंग ब्ल्याक, ग्लेसियर ब्लु र मिस्ट पर्पल कलरमा उपलब्ध छ। जसमा मिस्ट पर्पल कलर प्रयोगकर्तामाझ सबैभन्दा लोकप्रिय बनेको छ। रेड्मी सिरिजकै इतिहासमा सबैभन्दा पातलो यो डिभाइसले आकर्षक लुक प्रदान गर्दछ। यसको पातलो, हल्का र आकर्षक डिजाइनले स्टाइल मात्र होइन, प्रयोग गर्न पनि एकदमै सजिलो, सहज र आनन्द आउने हुन्छ।
उच्च क्षमता र लामो ब्याट्री जीवनः रेडमी नोट १५ फाइभ जी मा ५५२० मेगाहर्ज ब्याट्री रहेको छ। जसले झण्डै २ दिनसम्म चार्ज टिकाउँछ। स्मार्ट चार्जिङ इन्जिनले ब्याट्रीको आयु लामो बनाउँछ भने ४५वाट टर्बो चार्जिङले छिट्टै फुलचार्ज हुन्छ। यसले एकै पटकमा २१ घण्टासम्म भिडियो प्ले वा १० घण्टासम्म भिडियो रेकर्डिङ गर्न सकिन्छ।
प्रिमियम डिस्प्ले र उच्च प्रदर्शनः ६.७७ इन्च ओएलईडी डिस्प्ले र ३२०० निट्स ब्राइटनेसका साथ यसले घाममा पनि स्पष्ट दृश्य प्रदान गर्छ। ३८४० हर्ज पीडब्लुएम डिमिङले आँखालाई सहजता दिन्छ। स्मार्टफोन स्न्यापड्रागन ६ जेन ३ प्रोसेसर र २४जिबीसम्म र्याम सपोर्टसहित उच्च गति र स्मुद प्रदर्शन सुनिश्चित गर्छ।
फोटोग्राफी र मनोरञ्जनको नयाँ स्तरः रेडमी नोट स्न्यापड्रागन ६ जेनमा १८० एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा वाइड क्यामेरा, र २० एमपी फ्रन्ट क्यामेरा रहेको छ। बिल्ट इन इमेज स्टेबलाइजेसन र एआई सक्षम फिचरले व्यवसायिक स्तरको स्पष्टता र विवरण दिनेछ। उपलब्धता र मूल्य: यो स्मार्टफोन १२ जिबी+५१२ जिबीको ४६,९९९ र ८ जिबी +२५६ जिबीको रु.३९,९९९ मा नेपालभर खरिद गर्न सकिने कम्पनीले जनाएको छ।