काठमाडौं । नेपाल चीन गैह्र सरकारी मन्चको १५ औं बैठक सन् २०२० सेक्टेम्बरमा चीनको सेचुवानमा हुने भएको छ । बेष्टर्न चाइना अन्र्तराष्ट्रिय मेलामामा सो बैठक गर्ने निर्णय भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघमा भएको बैठकमा मञ्चका सह–अध्यक्ष एवं महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठले र चिनियाँ पक्षको नेतृत्व अखिल चीन उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं सिचुवान प्रान्तिय उद्योग वाणिज्य महासंघका अध्यक्ष छेन फाङले गरे ।
मञ्चको बैठक चीन र नेपाल दुवै देशमा हुँदै आएको छ । चीनमा हुने लागेको यो १५ बैठक हो । आगामी बैठकमा चीनले अगाडी सारेको वान वेल्ट वान रोड अन्तर्गत पर्यटन, कृषि, उर्जा, पूर्वाधार निर्माण, मानव संशाधन विकास सहित विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा मंचका माध्यममार्फत निकै धेरै क्षेत्रमा सहकार्य गर्न सम्भव भएको विश्लेषण गर्दै आगामी दिनमा मंचका माध्यमबाट नेपालमा चिनियाँ लगानी, प्रविधि, शीप र चिनियाँ विकास मोडल आकर्षित गर्न सहकार्यलाई अझ बढी घनिभुत ढंगले अगाडी बढाउन पर्नेमा समेत दुवै पक्षबाट जोड दिइएको छ ।
बैठकमा सिचुवान प्रनिधिमिण्डलका तर्फबाट नेपालको विकास प्रयासमा सक्दो सहयोग गर्ने र अहिले पनि सिचुवानबाट नेपालको पर्यटन, कृषि, उर्जा, पूर्वाधार विकासमा सबैभन्दा बढी लगानी आइरहेको र नेपालमा लगानीका अवसर तथा प्रक्रियाका विषयमा चिनियाँ लगानीकर्ताहरू समक्ष पर्याप्त जानकारी पुग्न सकेमा अझै बढी लगानी आउने धारणा समेत राखिएको थियो ।