काठमाडौं, सीजी मोटोकर्पले पुस १२ गते शनिबार ‘सुपर स्याटर्डे’को आयोजना गर्ने भएको छ । सो दिन सुजुकीका चारपांग्रे खरिद गर्ने ग्राहकले विशेष छुट सहित अफर समेत पाउने छन ।
उक्त दिन अधिकतम एक लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क बीमा र स्वामित्व हस्तान्तरणको सुविधा पनि पाउने व्यवस्था गरिएको छ । यो अफर पुस १२ गते एक दिनका लागि मात्र देशभरका ३६ डिलरसिपमा लागू गरिने सुजुकीले जनाएको छ ।
नेपालमा सुजुकी गाडीको सबैभन्दा ठूलो ‘प्रडक्ट रेन्ज’ रहेको छ । हाल नेपालमा सीजी मोटोकर्पले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएल सिक्स्, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलको विक्री गर्दै आएको छ ।