काठमाडाैं । साताको अन्तिम दिन नेप्से परिसूचक ०.६२ अंक घटेर ११६७.४१ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स ०.३६, फ्लोट ०.०२ र सेन्सेटिभ फ्लोट ०.१४ अंक घटेको छ।
१७२ कम्पनीको ६ हजार पटकको कारोबारमा भएर आजर ५८ करोड ८६ लाख ७७ हजार रुपैयाँ बराबरको १६ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। व्यापार, जीवन बीमा, विकास बैंक र बैंकिङ्ग उपसमूहका परिसूचक बढ्दा अन्य उपसमूहका परिसूचक भने ओरालो लागेको छ।
बिहीबार नेपाल बैंकको १३ करोड २२ लाख ११ हजार रुपैयाँ बराबरको ४ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, कृषि विकास बैंकको ४ करोड २८ लाख ६० हजार रुपैयाँ बराबरको १ लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बैंकले ६ प्रतिशत बोनस र २४ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित पुस २७ गते साधारण सभा डाकेको छ। यस दिन एनआईसी एशियाको ऋणपत्र ६ करोडभन्दा बढीको कारोबार भएको छ।
नेपाल सेवा लघुवित्तको शेयरमूल्य सबैभन्दा बढी ८.८० प्रतिशत बढेको छ। त्यस्तै साल्ट ट्रेडिङ्गको शेयरमूल्य ८.३४, युनियन हाइड्रोपावरको ३.७७, कर्पोरेट डेभलपमेन्ट बैंकको २.८८ र तिनाउ मिसन डेभलपमेन्ट बैंकको २.६५ प्रतिशत बढेको छ।
गुमाउनेमा भने पाँचथर पावर कम्पनीका लगानीकर्ताहरुले ७.६२ प्रतिशत रहेको छ । त्यस्तै हिमालयन पावर पार्टनरको शेयरमूल्य ४.८२, हिमालयन डिष्टिलरीको ३.१९, नेपाल फाइनान्सको २.९४ र अरुण काबेली पावरको २.६७ प्रतिशत घटेको छ।