काठमाडौं । चिसो मौसम छ । चिसो बढेसँगै अत्यादिक जाडो बढेको छ । यस्तो समयमा चिसो पानीले नुहाउन,लुगा धुन,भाँडासफा गर्ने मुस्किल हुन्छ । यसको लागी पानीलाई तताएर यी काम गर्न सकिन्छ । यसको विभिन्न विकल्पहरु रहेका छन । अनेकौं विकल्प मध्ये एक हो गिजर ।
जाडोको समयमा गिजरको प्रयोग गर्ने र जिवनशैलीको महत्वपूर्ण पाटो बनाई मानिसले अत्यादिक रुपमा प्रयोग गर्ने थालेका छन । जाडोको समयमा चिसो पानीले नुहाउन त के पानी छुन समेत डर लाग्ने गर्छ ।
यस्तो अवस्थामा प्राय मानिसले गीजर प्रयोग गरेर तातो पानीको प्रयोग गर्छन । जसकारण जाडो मौसम शुरु हुनसाथ बजारमा विभिन्न ब्राण्डका गिजार देखिन थालेका छन । यस्ता गीजर किन्दै हुनुहुन्छ भने हिमस्टार इलेक्ट्रोनिकका सेल्स म्यानेजर चन्द्रमणि आर्चायले दिएका केही निम्न कुरामा ध्यान दिन जरुरी हुन्छ । पहिलो कुरा त गिजर राख्दै हुनुहुन्छ भने ग्यास गिजर राख्ने की इलेक्ट्रोनिक गिजर राख्ने भन्ने कुरा एकिन हुन जरुरी हुन्छ । कीनकी यी दुबै राख्दा यसको फाइदा के बेफाइदा के भन्ने कुरा जानुपर्छ । जुनसुकै गिजर भएपनि प्रयोग गर्दा आउने भनेको बाफ नै हो ।
प्रयोग गर्ने तरिका
१. पहिला त गिजर भएको ठाँउमा खुुल्ला हावा आउने गरी झ्याल खुल्ला गर्नु पर्छ । झ्यालाई बन्द गर्नु हुदैन्न् ।
२. गिजर ग्यासमा जोडिएको छ भनी चेक गरेरमात्र प्रयोग गर्नु प¥यो । अथवा इलेक्ट्रिक जडामा पनि चेक गरेर प्रयोग गर्नु पर्छ । इलेक्ट्रोनिक गिजरमा पानी बाहिर जाने सकेट जोडिएको हुन्छ । त्यसमा त्यस्तो राख्नुहुदैन ।
३. गिजर प्रयोग गर्दा हावा आवात जावातमा सहज हुनु पर्छ । त्यस्तो नभएमा गिजर प्रयोग गर्दा अक्सिजनको कमि हुने र मानिसहरु बिहोस हुने र मानिसको मुत्यु समेत हुन सक्ने हुन्छ । त्यसैले गिजर प्रयोग गर्दा हावा आवात जावात हुने गरी प्रयोग गर्नु पर्छ ।
४. गिजर प्रयोग गर्दा निरन्तर रुपमा प्रयोग गर्नु हुदैन । किनकी निरन्तर प्रयोग गर्दा पहिला गिजर तातो अवस्थामा हने र पुन प्रयोग गर्दा तातोको मात्र बढ्ने हुदा समस्या आउछ । यस्तो अवस्थामा केही समय पछिमात्र अर्कोले प्रयोग गर्दा सुरक्षित हुन्छ ।
५. इलेक्ट्रिक गिजर हो भनी एक लिटर इस्ट्राण्ड देखि लिएर २५ लिटर सम्मका गिजरहरु बजारमा पाइन्छ । यस्ता गिजर प्रयोग गर्दा निरन्तर प्रयोग गर्नु हुदैन । यस्तो अवस्थामा मुख्य हावा आवात जावातको अवस्थालाई हेर्ने गर्नु पर्छ ।
६. राम्रो गीजर वा वाटर हिटरले २५ लिटर पानीलाई केही मिनेटमै पानी तताउने पानी तातेपछि गिजर बन्द गरेर पनि प्रयोग गर्ने सकिन्छ ।
यस्ता साना–साना कुरालाई ध्यान दिनु पर्छ । मुख्य तया गिजर प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा यी नै हुन ।
उर्जाको खपत
नयाँ ट्यांकलेस वाटर गीजरले विजुलीको कम खपत गर्छ । जवकी ट्रेडिश्नल वाटर हिटरमा पानी स्टोर हुने गर्छ । यसले विजुली खपत अत्याधिक हुने गर्छ । त्यसैले ट्यांकलेस गीजर, ट्रेडीशनल गीजरको तुलनामा केही मंहगो भने हुने गर्छ । त्यसैले आफ्नो सुविधाअनुसार यसको खपत गर्न सक्नुहुन्छ ।
गिजर राख्ने ठाउँ
ट्रेडिश्नल गिजर निकै ठूलो र भारी हुने गर्छ । यस्तो गिजरले ठाउँ पनि बढी ओगेट्ने गर्छ । त्यस्तै, अर्को ट्याकलेस गीजर कमप्याक्ट साइजमा आउने गर्छ । जसकारण यसले ठाउँ पनि कम लिने गर्छ ।
सबै भन्दा बढी टिकाउ
ट्याक्लेस गिजर ट्यइस भएको गिजरभन्दा लामो समयसम्म चल्ने गर्छ । किनकी गिजरको ट्याइस छोटो समयमै बिग्रने सम्भावना हुन्छ । ट्याक्कलेस वाटर हिटर २० वर्षसम्म पनि चल्ने गर्छ ।
ग्यास की विद्युतीय ?
गिजर दुई प्रकारका हुन्छन, एउटा ग्यास र अर्को विद्युतिय । ग्यास गिजरमा ग्यासको साहाराले पानी तताउन सकिन्छ भने विद्युतीयमा विद्युतको प्रयोग हुन्छ । तर, पछिल्लो समय लोडसेडिङ नहुने भएकाले विद्युतीय गिजर बढी उपयोगी हुन सक्छ । यस्तो गिजर तुलनात्मक रुपमा सुपत र सुरक्षित हुन्छ । ग्यास गिजर पानी त छिटो तताउँछ तर, राख्नको लागि ठूलो ठाउँनका जरुरी हुन्छ ।