काठमाडौं । सेयर बजार ओरालो लागेका बेला विभिन्न क्षेत्रका गरी ३० ओटा कम्पनीहरुले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन ।
पूर्वाधार बैंक, बीमा, जलविद्युतलगायत कम्पनीहरुले गरी २१ अर्ब ४९ करोड १५ लाख ५९ हजार रुपैयाँ बराबरको २१ करोड ४९ लाख १५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन ।
आईपीओ निष्कासन गर्न सबै कम्पनीहरुले साधारणसभाबाट प्रस्ताव पारित गरिसकेका छन । यी मध्ये केहीले नेपाल धितोपत्र बोर्डमा आवेदन समेत दिइसकेका छन ।
यी मध्ये सबैभन्दा ठुला रकमको आईपीओ निष्कासन गर्नेमा नेपाल इन्फास्ट्रक्चर बैंक रहेको छ । बैंकको हालै सम्पन्न साधारणसभाले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।
बोर्डमा आवेदन दिन बाँकी छ । आईपीओ निष्कासनपछि बैंकको पुँजी २० अर्ब रुपैयाँ पुग्ने छ । नेपाल पुर्नबिमा कम्पनी लिमिटेडको छ ।
नेपाल पुर्नबिमाले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
चालु आर्थिक वर्षभित्र आईपीओ निष्कासन गर्ने तयारी कम्पनीको छ । रकमका आधारमा सबैभन्दा कम आइपीओ सीआईबीएल क्यापिटल लिमिटेडको छ । सीआईबीएलको ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता रहेको छ ।
बोर्डमा आईपीका लागि आवेदन दिनेमा नेपाल पुर्नबिमा, हिमालयन हाइड्रोपावर लिमिटेड, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, लिवर्टी हाइड्रोपावर इनर्जी लिमिटेड, ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड र माउन्टेन नेपाल हाइड्रो लिमिटेडलगायत १४ कम्पनी छन । प्रतिफल कम भएको भन्दै पछिल्लो समयमा लगानीकर्ताको आकर्षण जलविद्युतमा घटेको छ ।
यस्तै चन्द्रागिरी हिल्स लिमिटेडले १० करोड, डिसहोम मिडिया नेटवर्क लिमिटेडले २० करोड रुपैयाँ छन । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गरी ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन । यी निर्जीवन बीमा कम्पनी हुन । निर्जीवन बीमा कम्पनीको न्युनतम पुँजी १ अर्ब रुपैयाँ छ ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायन्स लाइफ इन्स्योरेन्स, रिलायवल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गरी ६ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरको ६ करोड २८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन । जीवन बीमा कम्पनीको न्युनतम पुँजी २ अर्ब रुपैयाँ छ ।
सेयर बजार लगातार ओरालो लागेका बेला यो साता भने झण्डै ४३ अंक बढेको छ । नेप्से परिसुचक १ हजार २०० अंक माथि पुगेको छ ।
धितोपत्र बोर्डमा आवेदन दिने कम्पनीको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस ।
साधारणसभाबाट पारित गर्ने कम्पनीको सूची
