काठमाडौं । जीवन, निर्जीवन र पुर्नबीमा गरी १४ ओटा कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी गरेका छन ।
ती कम्पनीहरुले ८ अर्ब ७८ करोड ५० लाख रुपैयाँ बराबरको ८ करोड ७८ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेका हुन । कम्पनीहरुले वार्षिक साधारणसभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेका छन ।
सबैभन्दा बढी आईपीओ नेपाल पुर्नबिमा कम्पनी लिमिटेडको छ । पुर्नबीमाले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंशाखसम्म आईपीओ निष्कासन गर्न लागेको पुर्नबीमाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकरबहादुर अधिकारीले बताए ।
१० ओटा जीबन बीमा कम्पनीले ६ अर्ब २८ करोड ५० लाख रुपैयाँ ६ करोड २८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन । यस्तै निर्जीवनतर्फ ३ ओटा कम्पनीले ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता निष्कासन गर्न लागेको हो ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६६ करोड, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६० करोड, रिलायन्स लाइफ इन्स्योरेन्स ६३ करोड, रिलायवल इन्स्योरेन्सको ६० करोड रुपैयाँ रहेको छ ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ६० करोड, सानिमा लाइफ इन्स्योरेन्सको ६० करोड, प्रभु लाइफ इन्स्योरेन्सको ६० करोड र महालक्ष्मी लाइफ इन्स्योरेन्सको ६० करोड रुपैयाँ रहेको छ ।
युनियन लाइफ इन्स्योरेन्सको ६४ करोड ५० लाख र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ७५ करोड गरी ६ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरको ६ करोड २८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन । जीवन बीमा कम्पनीको न्युनतम पुँजी २ अर्ब रुपैयाँ छ ।
अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गरी ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन ।
निर्जीवन बीमा कम्पनीको न्युनतम पुँजी १ अर्ब रुपैयाँ छ । जीवन बीमा कम्पनीको न्युनतम पुँजी २ अर्ब रुपैयाँ छ । यी सबै कम्पनी २ वर्षअघि सञ्चालनमा आएका हुन ।