काठमाडौं। अमेरिकाले आफ्नो देशमा भित्रिने वस्तु तथा सेवाको भन्सार दर (ट्यारिफ) परिवर्तनलाई नेपालको निर्यात बढाउने अवसरमा परिवर्तनको प्रक्रिया अघि बढेको छ। अमेरिकाले अन्य देशलाई धेरै र नेपाललाई न्यून भन्सार दर लगाएको फाइदा लिने गरी सरकारले तत्काल उत्पादन तथा उत्पादनकत्व वृद्धिमा नीति सुधार गर्न लागेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार दर परिवर्तन गर्दै २०२४ का लागि न्यूनतम १० प्रतिशत कायम गर्दै नयाँ भन्सार दर निर्धारण गरेका छन्। ट्रम्पले १८५ देशको भन्सार शुल्क न्यूनतम १० प्रतिशतदेखि अधिकतम ५० प्रतिशतसम्म लगाएको छ। जसमा अमेरिकाले ६० वटा देशलाई १० प्रतिशतमाथि ५० प्रतिशतसम्म लगाउँदा नेपाललगायत १२५ वटा देशलाई १० प्रतिशतमात्रै भन्सार तोकेको छ।
नेपालबाट अमेरिकामा सबैभन्दा धेरै रेडिमेड गार्मेन्ट, पस्मिना, औषधिजन्य जढीबुटी, हस्तकलाको सामान, चिया, कफी, डेरी उत्पादनलगायत वस्तुहरु निर्यात हुन्छन्। अमेरिकको परिवर्तित भन्सार नीतिले नेपालले अवसरको रुपमा लिन सक्ने गरी निर्यात वृद्धि नीतिमा सरकार अघि बढेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले बताए।
‘अमेरिकाको ट्यारिफ नीति परिवर्तन भएसँगै त्यसलाई अवसरको रुपमा लिँदै कसरी फाइदा लिन सक्छौँ भन्ने विषयमा आन्तरिक गृहकार्य गर्दै छौँ, त्यसका लागि हामीले निजी क्षेत्रसँग चाँडै छलफल गर्दै छौँ,’ मन्त्रालयका सचिव कार्कीले भने, ‘अन्य देशलाई लगाइएको ट्यारिफ बढी भएकाले नेपालबाट जाने वस्तुबाट फाइदा लिएर निर्यात बढाउने सम्भावाना र अवसर हामीलाई छ।’
नेपालबाट अमेरिकी बजारका जाने वस्तुलाई लगाउने भन्सार दर अन्य देशलाई लगाएकोभन्दा कम हुनु नेपालले अन्तर्राष्ट्रिय व्यापार बढाउने अवसर रहेको उनको भनाइ छ। उक्त अवसर लिनका लागि निजी क्षेत्रको उत्पादन तथा उत्पादनकत्व बढाइदिन, उनीहरूलाई कच्चा पदार्थ र मेशिनको आयातमा सहुलियत दिने विषयमा मन्त्रालयलमा छलफल गरिरहेको उनले जानकारी दिए।
पुराना निर्यातको उत्पादनकत्व र उत्पादन बढाउने नीतिसँगै थप नयाँ वस्तु पनि अमेरिकन बजारमा के हुन सक्छ?
‘बढी निर्यात हुने वस्तुमध्ये पनि चाँडै उत्पादन बढाउन सकिने वस्तुहरुलाई अहिले पहिलो प्राथमिकतमा राखेर तत्कालै काम अघि बढाउँछौँ। दोस्रो चरणमा भने डाइानामिकसहरु फरक पर्न सक्छ,’ उनले भने, ‘पहिलेदेखि नै निर्यात भइरहेको वस्तुको उत्पादन बढाउनुका साथै नयाँ वस्तुको समेत निर्यात थप गर्ने अमेरिकामा नेपाली वस्तुको मागसँगै आवश्यकता के कस्तो छ? बारे अध्ययन शुरु गरेका छौँ।’
पुराना निर्यातको उत्पादनकत्व र उत्पादन बढाउने नीतिसँगै थप नयाँ वस्तु पनि अमेरिकन बजारमा के हुन सक्छ? अमेरिकाले अरु देशलाई कर बढाइदिएका कारण अन्य देशबाट आउने सामानको आपूर्ति नेपालले गर्न सक्ने गरी नयाँ वस्तुहरुको सम्भावना खोजी गरी उत्पादन गर्ने नीति ल्याउने तयारी सरकारले गरेको उनले जानकारी दिए।
अमेरिकाले दक्षिण एशियाली मुलुकमा पनि नेपाल, माल्दिभ्स, अफगानिस्थान र नेपाललाई १० प्रतिशत भन्सार दर लगाउँदा भियतनामलाई ४६ प्रतिशत, श्रीलंकालाई ४४ प्रतिशत, बंगलादेशलाई ३७ प्रतिशत र भारतलाई २९ प्रतिशतसम्म भन्सार दर निर्धारण गरेको छ। साथै, नेपालको अर्को छिमेकी राष्ट्र चीनलाई पनि ३४ प्रतिशत भन्सार दर लगाएको छ।
दक्षिण एशियाली मुलुक तथा चीनबाट अमेरिकामा रत्न तथा बहुमूल्य धातु, विद्युत तथा इलेक्ट्रोनिक उपकरण, जडीबुटी तथा औषधी उत्पादन, खनिज इन्धन तथा तेल, हस्तकलाको सामान तथा हातद्वारा बुनिएका कपडा, गर्मेन्ट, फर्निचर, चिया, कफी र छालाजन्य समाग्रीहरु निर्यात हुन्छ।
जुन नेपालले पनि निर्यात गरिरहेको हुन्छ। नेपालको अमेरिकी व्यापारमा मुख्य प्रतिस्पर्धी देश भनेकै भारत, चीन, बंगलादेश, भियतनाम, माल्दिभ र श्रीलंका हो।
अर्थ मन्त्रालयसँग भन्सार विषयमा बजेट बनाउने समय भएको हुँदा कोडिनेसन गरेर काम भइरहेको छ।
जसमध्ये अमेरिकाले नेपालभन्दा बढी भन्सार लगाएको भियतनाम, श्रीलंका, बंगलादेश र भारतले निर्यात गर्ने वस्तुहरुको निर्यात बढाउने र थप नयाँ वस्तुको उत्पादन बढाउने नीति लिनुपर्ने देखिन्छ।
साथै, अमेरिकातर्फको निर्यात बढाउनका लागि आन्तरिक उत्पादन बढाउन के कस्ता अवरोधहरु छन्? त्यसको तत्काल समाधान के के गर्न सकिन्छ? भन्ने विषयसँगै ढुवानीको सडक सञ्जाल, भन्सार प्रणालीलगायत अन्य विषयमा पनि सम्बन्धित मन्त्रालयलसँग समन्यव गर्नुपर्ने देखिन्छ।
‘अर्थ मन्त्रालयसँग भन्सार विषयमा बजेट बनाउने समय भएको हुँदा कोडिनेसन गरेर काम भइरहेको छ। हामीले अमेरिकाले दिएको परिवर्तित ट्याफिस नीतिलाई मध्ये नजर गरेर नेपालका भन्सार नीति परिवर्तन गर्न हामी अर्थसँग समन्यव गर्छौं। हामी बजेटमा सुझाव पनि यही हुन्छ,’ उद्योग तथा वाणिज्य सचिव कार्कीले भने।
यसअघि सरकारले दिएको निर्यात अनुदानको विषयमा आएको समस्यालाई समेत कसरी समाधान गर्ने र नयाँ तवरले सहुलियत दिने विषयमा अर्थ मन्त्रालयसँग छलफल गरिरहेको उनले जानकारी दिए।