काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाइएको कर घटाउन सक्ने संकेत दिएका छन्। उनले हालको भन्सार दर उच्च भएको स्वीकार गर्दै विश्वका दुई ठूला अर्थतन्त्रले आपसमा व्यापार बन्द भएको बताए।
ट्रम्पले एनबीसीको एक कार्यक्रममा भने, 'म जुनसुकै बेला चीनमाथिको कर घटाउने छु, किनकि यदि यसो गरिएन भने उनीहरूसँग व्यापार गर्न सम्भव हुने छैन, उनीहरू व्यापार गर्न चाहन्छन्।'
ट्रम्पले चीनको अर्थतन्त्र अहिले समस्यामा रहेको बताए। उनले चीनको कारखाना सञ्चालन २०२३ पछि सबैभन्दा खराब अवस्था रहेको बताउँदै निर्यात अर्डरमा पनि उल्लेखनीय गिरावट आएको दाबी गरे।
आफ्नो अमेरिका फर्स्ट नीतिअन्तर्गत ट्रम्पले अमेरिकालाई सामान बेच्ने सबै देशहरूमा १० प्रतिशत कर लगाएका छन्। तर, चीनमाथिको भन्सार १४५ प्रतिशत पुर्याइएको छ। बदलामा, चीनले पनि अमेरिकी सामानमा १२५ प्रतिशतसम्मको भन्सार कर लगाएको छ।
म वार्ता सुरु गर्दिनँ- ट्रम्प
अन्तर्वार्तामा प्रस्तोता क्रिस्टन वेल्करले सोधिन्- 'के तपाईं चीनसँग वार्ता सुरु गर्न करहरू हटाउन जाँदै हुनुहुन्छ?'
यसको जवाफमा ट्रम्पले भने- 'म यो किन गरूँ?'
ट्रम्पले हालै बेइजिङबाट केही राम्रो संकेतहरू आएको बताए। तर, उनले अमेरिका र चीनबीचको कुनै पनि सम्झौता समान सर्तमा भएमा मात्र हुने कुरा दोहोर्याए।
यता, चीनले पनि वार्ताको लागि आफ्नो तयारी देखाएको छ। यसैबीच, चीनले शुक्रबार पहिलो पटक अमेरिकासँग वार्ता गर्न तयार रहेको संकेत गरेको हो। चीन अमेरिकासँग व्यापार सम्झौताको सम्भावना खोजिरहेका छन्।
चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले भने- 'चीनले व्यापार वार्ताको लागि अमेरिकी प्रस्तावमाथि विचार गरिरहेको छ। तर, ट्रम्पले एकतर्फी रूपमा लगाइएको कर हटाएको खण्डमा मात्र वार्ता सुरु हुनेछ।'
कर युद्धले अमेरिका र चीन दुवैलाई हानी
अमेरिका र चीनबीचको बढ्दो व्यापार युद्धले वित्तीय बजारलाई हल्लाएको छ। धेरै अमेरिकीहरू निर्भर रहेका उत्पादन उपकरणका साथै लुगा र खेलौना जस्ता सस्तो वस्तुहरूको मूल्य बढ्ने खतरा छ।
यसैबीच, ब्लूमबर्गको रिपोर्टअनुसार चिनियाँ कारखानामा सन् २०२३ पछि सबैभन्दा खराब अवस्थामा छ। निर्यात अर्डरमा पनि उल्लेखनीय गिरावट आएको छ।
यो गिरावट डिसेम्बर २०२२ पछिको सबैभन्दा उच्च हो। यो अन्तिम पटक अप्रिल २०२२ मा भएको थियो। जब सांघाई पूर्ण लकडाउनमा गयो।