काठमाडौं। विश्व बैंकका अध्यक्ष अजय बंगाले केही दिनअघि सन २०२५ देखि २०३५ सम्म १ दशमलव २ अर्ब संख्याका युवायुवती विश्वव्यापी श्रमशक्तिमा प्रवेश गर्ने प्रक्षेपण गरे। अहिले भएका आर्थिक प्रक्षेपणले सो अवधिमा लगभग ४ सय मिलियन रोजगारी सिर्जना हुने आकलन गरिएको छ।
विश्व बैंकले भारतले ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने क्षमता भएका क्षेत्र जस्तै, पूर्वाधार र निर्माण, स्वास्थ्य सेवा, खाद्यान्न र कृषि, पर्यटन, र उद्योगको वर्गीकरण गरेको छ। भारतले आगामी दशकमा ७ दशमलव ५ प्रतिशत वृद्धिलाई कायम राख्नेछ र यसलाई रोजगारीमा रुपान्तरण गर्न चाहेको अवस्थामा सो क्षेत्रले तीव्र रूपमा विस्तार गर्नुपर्छ।
यी महत्त्वपूर्ण क्षेत्रको संरक्षण प्रवद्र्धन गर्न विशेष रणनीतिक योजनाका साथ अघि बढ्नुपर्छ। यसले गर्दा स्थानीय बजारमा बलियो घरेलु प्रतिस्पर्धी निर्माण गर्न सकियोस्। तर, अहिले भारतको उद्यमशीलतासम्बन्धी छलफल अझै पनि नवप्रवर्द्धन पुँजी कोषमा केन्द्रित रहेका छन्। तर, पछिल्लो समय निकै लोकप्रिय तथा बहुचर्चित कृत्रिम बुद्धिमता अर्थात् एआई साघुरो दृष्टिकोण बन्नेको छ।
अहिले विश्वपरिवेशमा, नयाँ कम्पनीमध्ये करिब २१ प्रतिशत मात्र प्रविधि क्षेत्रमा छन् र अझ सानो अंशले मात्र भीसी कोष अर्थात् जोखिमपूर्ण पुँजी कोष वा नवप्रवर्तन पुँजी कोष प्राप्त गर्छ। विश्वस्तरीय टेक कम्पनी महत्त्वपूर्ण छन् भने पनि ठूलो र तत्काल आवश्यकता भनेको व्यापक आर्थिक विकासको आधार बन्ने मुख्य क्षेत्रमा उद्यमशीलतालाई समर्थन गर्नु हो।

उद्यमीबीच भारतमा सफलता निर्यातमुखी प्रविधि कम्पनी, सरकारको खर्चबाट लाभान्वित व्यवसाय र श्रम मध्यस्थता आधारित व्यवसायमा मात्र सीमित छ भन्ने बढ्दो धारणा छ। यदि यो विश्वास गहिरो रूपमा स्थापित भयो भने, यसले सबै क्षेत्रहरूमा घरेलु, मागमुखी, लाभदायक व्यवसायहरू निर्माण गर्ने बलियो पारिस्थितिक प्रणाली अभावलाई गहिरो समस्याको रुपमा इंगित गर्छ।
त्यस्तै भारतले आफ्नो उद्यमशील कल्पनाशक्तिलाई फराकिलो बनाउनुपर्छ। यसले मुख्य रूपमा घरेलु बजारहरू सेवा गर्ने विश्वस्तरीय कम्पनीको संरक्षण एवं संवर्द्धन गर्न आवश्यक छ। भारतमा क्यालिफोर्निया बुरिटोलाई सफल फास्ट–क्यासुअल चेन बनाउने अमेरिकी उद्यमीले घरेलु बजार राम्रोसँग कार्यान्वयन गरिएका विचारका लागि उर्वर छ भन्ने प्रमाणित गर्छ।
चीनको आर्थिक सफलतालाई धेरैजसो निर्यात दुष्टिकोणबाट हेर्ने गरिन्छ। तर, आज निर्यातको हिस्सा जडिपीको २० प्रतिशत मात्र ओगटेको छ, जुन भारतको २२ प्रतिशतभन्दा कम हो। पछिल्लो समय चीनका धेरै सफल कम्पनी टेन्सेन्ट क्याटल बिवाईडी र केचो माउटाईले पहिले घरेलु बजारमा प्रभुत्व स्थापित गरेपछि मात्र विश्वव्यापी रूपमा विस्तार गरेका हुन्।
विगत र वर्तामान अवस्थालाई तुलना गर्दा ठूलो जनसंख्या भएको भारतसँग पनि यस्तै स्वर्णीम अवसर रहेको छ। अगाडिको बाटो घरेलु मागलाई सम्बोधन गर्ने मुख्य क्षेत्रहरूलाई सुदृढ गर्दै समयसँगै विश्वव्यापी प्रतिस्पर्धी क्षमता निर्माण गर्नुपर्ने अवस्था आइपरेको छ।
तर, परम्परागत क्षेत्रमा सफलताको रणनीतिका लागि स्टार्टअपहरु फरक छ। हल्दिराम, मारिको, सेरम इन्स्टिच्युट, सनफर्मालगायतका थुप्रै उद्योग तथा व्यवसायले दशकौंदेखि अग्रस्थानमा रहेका छन् भने कतिपय हजारौं साना तथा मझौला उद्यम भने भारतको आर्थिक विकास इन्जिनको रुपमा उपस्थित भएका छन्।
यस्ता व्यवसाय धेरैजसो स्व–फन्डेड अर्थात् वा संरक्षित रूपमा वित्तपोषित हुन्छन्। पुँजीका माध्यमबाट सो उद्योग तथा व्यवसायहरुको सफलता व्यवस्थित कार्यान्वयन, सञ्चालन गर्नका लागि पुँजी आवश्यकता पर्छ। यो व्यवसाय यद्योगहरुको वृद्धि र प्रतिफलमा भिसी फन्डेड स्टार्टअपको भन्दा ढिलो प्रकट हुन सक्छ।
तर, तिनीहरू धेरैजसो स्थिर र दिगो हुने गर्छन्। स्थानीय बजारसँगको नजिकिएसँगै तिनलाई मागप्रति संवेदनशील रहनुपर्छ। साथै, वित्तीय अनुशासन कायम राख्नुपर्छ। वास्तवमा भारतको विविधताका कारण यी व्यवसाय धेरैजसो पहिले क्षेत्रीय शक्ति केन्द्र निर्माण गर्छन् र त्यसपछि मात्र राष्ट्रव्यापी रूपमा विस्तार गर्छन्। नीतिले यो वास्तविकतासँग तालमेल गर्नुपर्छ।
चीनमा साना तथा मझौला उद्यमहरूले सरकार–सब्सिडी प्राप्त ऋणबाट लाभ लिन्छन्, जसले उधारो लागत घटाउँछ। अमेरिकामा, साना बिजनेस एडमिनिस्ट्रेसनले ५ मिलियन डलरसम्मका ऋण ग्यारेन्टी कार्यक्रम सञ्चालन गर्दा नयाँ व्यवसायका लागि ऋण पहुँच सुधार्न सघाउ पुग्छ।
यसैगरी सरकार–सम्बद्ध जापान फाइनान्स कर्पोरेसनले नयाँ उद्यमीका लागि तयार पारिएका शून्य–धितो कर्जा प्रदान गर्छ। यी देशमा नयाँ व्यवसायहरू मध्ये ५० प्रतिशतसम्मले औपचारिक कर्जा पहुँच गर्छन् भने भारतमा भने करिब १४ प्रतिशत मात्रले यस्तो गर्छन्। कर्जा उपलब्ध हुँदा पनि, उच्च उधारो लागतले गर्दा उद्यमीलाई जोखिम लिन वा वृद्धिमा लगानी गर्नबाट वञ्चित गर्ने गर्छ।
उद्यमीलाई सल्लाहकारता, आधुनिक प्रविधि र व्यवस्थापकीय विशेषज्ञताको पहुँच चाहिन्छ। अहिले विकास भइरहेका व्यवसायलाई अनुभवी सञ्चालक, उद्योग ज्ञान र डिजिटल उपकरणसँग जोड्ने प्लेटफर्म सिर्जना गर्नाले तिनको सफलताको सम्भावना वृद्धि गर्न सक्छ। अमेरिकास्थित अमेरिकन टेक हब कम्पनीको अनुकरण गर्नुको अलावा भारतले आर्थिक संरचना, जनसांख्यिकीय वास्तविकता र विकास प्राथमिकतालाई प्रतिविम्बित गरी आफ्नै दृष्टिकोण विकास गर्नुपर्ने जरुरी छ।
बरु, घरेलु प्रतिभालाई बढ्दो आन्तरिक माग पूरा गर्न उपयोग गर्ने अर्को पुस्ताका कम्पनी निर्माण गर्नमा छ। आफ्नो विकासात्मक दृष्टिकोण हासिल गर्न, भारतले भिसि र टेक स्टार्टअपको साँघुरो उत्सवबाट ध्यान हटाएर सम्पूर्ण अर्थतन्त्रमा उद्यमशीलताप्रतिको व्यापक प्रतिबद्धतामा केन्द्रित हुनुपर्छ।
(इकोनोम्क्सि टाइम्स अफ इन्डियाबाट साभार)