काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (स्कट ब्रोकर)को पुँजी थप गर्न लगाउने नियामवाली संशोधन गर्ने भएको छ। सेबोनले स्टक ब्रोकर नियमावली, २०६४ को छटौं संशोधन गर्न लागेको हो।
सेबोनले २०७९ भदौ २९ गते स्टक ब्रोकर नियमावली २०६४ को पाँचौँ संशोधन गर्दै नयाँ कम्पनीलाई लाइसेन्सको बाटो खुला गरी पुराना ब्रोकरको पुँजी वृद्धि गराएको थियो। उक्त समय पुराना ब्रोकर कम्पनीलाई तीन वर्षभित्र २० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको थियो। नियामवालीले निर्धारण गरेको समय २०८२ असार मसान्तसम्म हो।
सेबोनले पुँजी वृद्धिको नीति ल्याउँदा तोकिएको पुँजी कायम गर्न कम्पनीहरूले मर्जर तथा प्राप्तिको बाटो अपनाउन सक्ने उल्लेख थियो। नियमावलीको उक्त व्यवस्था कार्यान्यवनका लागि सेबोनले नियामवाली जारी भएको साढे दुई वर्षपछि मात्रै मर्जर तथा प्राप्तिका लागि निर्देशिका जारी गर्यो।
समयमै मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिका जारी गर्न नसक्दा अहिले ब्रोकरहरूलाइृ पुँजी कायम गर्न समस्या भइरहेको छ। सेबोनले ‘धितोपत्र व्यवसायी गाभ्ने/गाभिने वा प्राप्तिसम्बन्धी निर्देशिका, २०८१ गत चैत १८ गतेमात्रै जारी गरेको हो।
नियमावलीले तोकेको समयमा समाप्त हुन डेढ महिनामात्रै बाँकी छ। पुराना ५० वटा ब्रोकर कम्पनीमध्ये अहिलेसम्म ८ वटा कम्पनीले मात्रै तोकेको पुँजी कायम गरेका छन्।
कम्पनी ऐनअनुसार मर्जर तथा प्राप्तिमा जानका लागि कम्पनीहरूले वार्षिक साधारणसभाबाट प्रस्ताव पारित गराइसक्नुपर्ने छ। साथै, सेबोनको नियमवालीले समेत मर्जर तथा प्राप्तिमार्फत पुँजी पुर्याउने हो भने समय सीमा समाप्त हुन ६ महिनाअगावै पार्टनर खोजेर प्रतिवद्धता अर्थात कार्यायोजना सेबोनमा पेश गर्नुपर्ने उल्लेख गरेको छ।
सेबोनले मर्जर नीति नियमावलीले दिएको समय सीमा समाप्त हुनभन्दा ५ महिनाअघि जारी गरेको थियो। आफ्नै कमजोरीका कारण ब्रोकरलाई तोकिएको पुँजी कायम गर्न बाधा आउने भएपछि सेबोनले नियमावली संशोधनको तयारी थालेको हो।
नियमावलीले तोकेको समयमा समाप्त हुन डेढ महिनामात्रै बाँकी छ। पुराना ५० वटा ब्रोकर कम्पनीमध्ये अहिलेसम्म ८ वटा कम्पनीले मात्रै तोकेको पुँजी कायम गरेका छन्। तोकेको पुँजी निर्धारित समयमै कायम गर्न नसक्ने भए पनि नेपाल ब्रोकर एसोसिएशनले समेत गत साता सेबोनमा सयम थप गर्न आग्रह गरेका थिए। ब्रोकरहरूको आग्रह र आन्तरिक छलफलपछि नियमावली संशोधनका लागि अध्ययन कमिटी गठन गरिएको सेबोन प्रवक्ता निरञ्जय घिमिरेले बताए।
‘ब्रोकर एसोसिएशनले पनि समय थप गर्न आग्रह गर्नु भएको थियो। हामीले पनि त्यसमा थप छलफल गरेर नियमावली संशोधनका लागि आन्तरिक अध्ययन कमिटी गठन गरेका छौँ,’ सेबोनका प्रवक्ता निरञ्जय घिमिरेरे क्यापिटल नेपालसँग भने, ‘कमिटीको अध्ययन प्रतिवेदन आएपछि संशोधनका लागि के गर्ने भन्ने विषयमा एकीन हुन्छ।’
ब्रोकरहरुलाई तोकिएको पुँजी कामय गर्न थप दुई वर्ष समय आवश्यक पर्ने नेपाल ब्रोकर एसोसिएशनका अध्यक्ष सागर ढबाल बताउँछन्।
उनका अनुसार हालसम्म अग्रवाल सेक्युरिटिज, जेएफ सेक्युरिटिज, कोहिनुर सेक्युरिटिज, लिञ्च स्कट मार्केट, नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, सुनधारा सेक्युरिटिज, आर्यतारा सेक्युरिटिज र श्री कृष्ण सेक्युरिटिजले २० करोड रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन्। बाँकी ४२ वटा ब्रोकरको पुँजी न्यूनतम ७ करोडदेखि १८ करोड रुपैयाँबीचमा छ।
ब्रोकरहरुलाई तोकिएको पुँजी कामय गर्न थप दुई वर्ष समय आवश्यक पर्ने नेपाल ब्रोकर एसोसिएशनका अध्यक्ष सागर ढबाल बताउँछन्। ‘मर्जर निर्देशिका आउन समय लाग्यो, अन्तिम समयमा आएको मर्जर निर्देशिकामा रहेर २०८२ असार मसान्तसम्म ब्रोकरहरूले पुँजी पुर्याउन सक्दैनन्,’ उनले भने, ‘हामीलाई सेबोनले तोकेको पुँजी काम गर्न दुई वर्ष थप आवश्यक पर्छ। सोहीअनुसार नियामवालीका अन्य प्रावधानसमेत संशोधनको सुझाव सेबोनमा पेश गरेका छौँ।’
कमिटीले ब्रोकरको पुँजी कायम गर्ने समय थप गर्ने र नियमावलीका अन्य व्यवस्थालाई पनि समयसापेक्षको आवश्यकताअनुसार संशोधनको अध्ययन गर्ने छ। अध्ययन प्रतिवेदनले औँल्याएको विषयमा सेबोनले संशोधनको मस्यौदा बनाएर अर्थ मन्त्रालय पठाउने छ। अर्थले थप अध्ययन तथा छलफल गरी मन्त्रिपरिषदबाट संशोधित नियामवाली पास गराउनु पर्छ।