काठमाडौं। भ्रष्टचार अन्त्यसहित विभिन्न माग राख्दै सरकारविरुद्ध भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि हमला भयो। आन्दोलनको क्रममा सरकारी सम्पत्ति मात्र हाेइन निजी क्षेत्रले सञ्चालन गरिरहेको विभिन्न उद्योग, प्रतिष्ठानमा समेत आगो लगाए। जसको कारण निजी क्षेत्रको मात्र खर्बौ रुपैयाँको क्षति भयो।
व्यवसायीक प्रतिष्ठानमा मात्र हाेइन, व्यवसायीक घरनाका व्यक्तिहरुको घर समेत तोडफोडसँगै आगो लगाए। हजारौंलाई रोजगारी दिँदै अर्बौ रुपैयाँ कर सरकारलाई बुझाइरहेको निजी क्षेत्रमाथि आक्रमण हुँदा पनि सरकारले सुरक्षाको प्रत्याभूति गराउन नसकेको र आक्रमणमा सहभागिहरुलाई कारबाही नगर्दा लगानीको वातावरणनै बिग्रिएको ठहर निजी क्षेत्रले गरिरहेको छ। जसको कारण नयाँ लगानी गर्नु त परै जाओस भएका लगानीबाट समेत कसरी बाहिरीने भन्ने प्रत्यत्न गरिरहेका निजी क्षेत्रको मनोबल उकास्न अर्थमन्त्री रामेश्वर खनाल प्रयासरत छन्।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा अर्थमन्त्रीको रुपमा आएसँगै खनालले निरन्तर रुपमा निजी क्षेत्रसँग वार्ता र संवाद नियमित रुपमा गरिरहेका छन्। तर, उनले प्रतिबद्धता र सहजताले मात्र अझै निजी क्षेत्रको मनोबल नउस्किएको निष्कर्ष निकाल्दै लगानी बोर्ड र नेपाल उद्योग परिसंघलाई साथमा लिएर नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्शसहित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुसँग बृहत छलफल गरेका छन्। निजी क्षेत्रलाई सरकार साथमा छ भन्ने प्रतिबद्धता र आभाष दिलाउनका लागि अर्थमन्त्री खनालले गृहमन्त्री ओमप्रकाश अर्याल र उद्योगमन्त्री अनिलकुमार सिन्हालाई समेत साक्षी राखेर छलफल गराएका हुन्।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुशील ज्ञवालीले जेनजी आन्दोलनपछि निरास भएका लगानीकर्ताहरुलाई आत्मबल उकास्ने प्रयास स्वरुप शुक्रबार निजी क्षेत्रसँग बृहत छलफल गरिएको जानकारी दिए। ‘सरकारले स्वदेशी एवम् विदेशी लगानीकर्ताहरुलाई खुला मनका साथ लगानी गर्न अनुरोध गर्दै सुरक्षाको ग्यारेन्टी पूर्ण रुपमा लिने प्रतिबद्धता सबै मन्त्री ज्यूहरुले गर्नुभएको छ,’ छलफलपछि लगानी बोर्डका सीईओ ज्ञवालीले भने, ‘तीनवटै मन्त्री ज्यूको प्रतिबद्धतापछि निजी क्षेत्रपनि उत्साहित बनेको छ।’
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुशील ज्ञवालीले जेनजी आन्दोलनपछि निरास भएका लगानीकर्ताहरुलाई आत्मबल उकास्ने प्रयास स्वरुप शुक्रबार निजी क्षेत्रसँग बृहत छलफल गरिएको जानकारी दिए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्र पुनरुत्थानका लागि उद्योगी व्यवसायीहरुको मनोबल उच्च राख्नु आजको आवश्यक्ता भएको बताउँदै जेनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट निजी उद्योग प्रतिष्ठानमाथि भएको आक्रमणले औद्योगिक सुरक्षाको अभाव देखिएको, लगानीकर्तामा भय पैदा गरेको र लगानीकर्ताकाे आत्मविश्वास कमजोर भएको उल्लेख गरे। 
उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले आन्दोलनका क्रममा सार्वजनिक एवम् निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, लुटपाटको घटनाले उद्योगी व्यवसायीहरुलाई अत्यन्त दुखित एवं चिन्तित बनाएको बताउँदै नियन्त्रणका लागि सरकार गम्भिर हुने बेला आएको बताए। मुलुकमा भ्रष्टाचार निवारण, पारदर्शिता एवम् सुशासन बढाउन सार्वजनिक निकायबाट प्रवाह हुने सम्पूर्ण सेवाहरूलाई ‘फेसलेस’, ‘पेपरलेस’, ‘कन्ट्याक्टलेस’ बनाउन सार्वजनिक सेवाहरूलाई तीव्र गतिमा डिजिटलाइज गरिनुपर्नेमा उनले जोड दिए।
‘देशको अर्थतन्त्र, निजी क्षेत्रको प्रकृति र संकट झेल्न सक्ने सामथ्र्य अन्यत्रभन्दा भिन्न रहेको यथार्थ यसअघिका संकटहरुले समेत देखाइसकेको भन्नुहुँदै हालको चुनौतीलाई पनि अवसरको रुपमा लिन सकिन्छ’ अध्यक्ष पाण्डेले भने ‘यसका लागि सरकारले अभिभावकत्व दिन आवश्यक छ। यो वा त्यो वहानामा लगानीकर्तालाई निरुत्साहित बनाउन हुँदैन। विगतका संकटहरुको जस्तै हालको संकटको पनि पूर्ण रुपमा सामना गरी अगाडि बढ्न निजी क्षेत्र दृढ छ। दृढ रहेको निजी क्षेत्रलाई अगाडि बढ्न प्रेरित गर्ने दायित्व भने राज्यको नै हो।’
गृहमन्त्री अर्यालले आन्दोलनको क्रममा तोडफोड र आगजनीमा संलग्नहरुलाई कारबाही गरिरहेको बताउँदै निजी क्षेत्रको सुरक्षाका लागि सरकारले सबै कदम चाल्ने प्रतिबद्धता जनाए।
यसैगरी, नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष कमलेश अग्रवालले सरकारले सुरक्षाको प्रत्याभूति नगराए धेरै उद्योगी व्यवसायीहरु पलायन हुन सक्ने स्थिति आएकोले बेलैमा सोचविचार गर्न आग्रह गरे। ‘अहिले निजी क्षेत्र पूर्ण रुपमा निरास भएका छन्, सरकारले आशा जगाउने काम गर्नुपर्यो,’ अध्यक्ष अग्रवालले भने, ‘निजी क्षेत्र सधैँ आशावादी रहेकोले सरकारले साथ दिए धेरै लगानी आउछ।’
पछिल्लो समय नेपालमा लगानीको वातावरण बिग्रिएको, सरकारले सुरक्षाको प्रत्याभूति नगरेको भन्दै निरास भइरहेको निजी क्षेत्रका प्रतिनिधिहरुलाई साथमै राखेर अर्थमन्त्री खनालले अर्थमन्त्रालयबाट गर्नुपर्ने सबै नीतिगत निर्णयहरु निजी क्षेत्रमैत्री गर्ने प्रतिबद्धता जनाएका छन्। ‘सरकारले नीतिगत सुधारका कामलाई उच्च प्राथमिकतामा राखेको र केही सुधारका कामहरु निजी क्षेत्रले अनुभव गर्नेगरी भइसकेको छ,’ अर्थमन्त्री खनालले भने ‘लगानी र लगानीकर्ताको सुरक्षाको विषयमा शंका गर्नुपर्दैन, निर्धक्क भएर लगानी गर्नुस।’
गृहमन्त्री अर्यालले आन्दोलनको क्रममा तोडफोड र आगजनीमा संलग्नहरुलाई कारबाही गरिरहेको बताउँदै निजी क्षेत्रको सुरक्षाका लागि सरकारले सबै कदम चाल्ने प्रतिबद्धता जनाए। उद्योगमन्त्रीले फाष्टट्रयाकमा उद्योग मन्त्रालयबाट काम गरिरहेको बताउँदै कुनैपनि समस्या भएमा तत्कालै आफुलाई भन्न अनुरोध गर्दै गुनासो आएको २४ घण्टाभित्र सबै काम सल्टाउने प्रतिबद्धता समेत जनाए।
मन्त्री सिन्हाले कुनै पनि निकायमा रोकिएका काम सम्पन्न गर्न तीब्रगतिमा काम गरिरहेको बताए। कानुन नै सुधार गर्नुपर्ने बाहेकका प्रक्रियागत सुधारलाई उच्च प्राथमिकतामा राखिएको उनले बताए। नेपाल राष्ट्र बैकका गभर्नर विश्वनाथ पौडेलले बैंक तथा वित्तिय संस्थामा पर्याप्त लगानी योग्य रकम रहेको हुँदा लगानीका लागि राम्रो अवसर रहेको बताउँदै पूर्वाधार क्षेत्रमा लगानी गर्न सुझाव दिए।