कास्की । नापी कार्यालय कास्कीले मोबाइल एप्लिकेशन (एसओकेपी) लञ्च गरेको छ । कार्यालयले तयार गरेको मोबाइल एपको बारेमा तयार गरिएको भिडियो क्लिक गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सार्वजनिक गरेकी हुन् ।
नापी विभागले आयोजना गरेको नाप नक्सा सम्बन्धी दुई दिने सिप विकास सम्बन्धी गोष्ठीको समापन गर्दै मन्त्री अर्यालले कास्कीले शुरु गरेको सेवा देशर लागु गरिने बताइन । मालपोतमा सेवा शुरु भइसकेको भन्दै उहाँले अब देशभर लागु गरिने उनको भनाइ छ ।
कास्कीले तयार गरेको मोबाइल एप विस्तार गरेर देशैभर पुर्याइने नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिए । प्रविधिको उच्चतम प्रयोग गर्दै अगाडि बढेको भन्दै महानिर्देशक जोशीले कार्यालयको छबी पनि सुधार गर्ने कार्यमा लागेको उनले बताए ।
नापी कार्यालय कास्कीका कार्यालयका प्रमुख नापी अधिकृत खिमलाल गौतमले नेपालको भूमि प्रशासनमा शुद्धता ल्याउनका निम्ति नापी कार्यालय कास्कीद्वारा ‘नापी पोखरा’, मोबाईल एप तयार गरिएको बताए ।
नापी कार्यालय कास्कीबाट दिइने दैनिक सेवाहरु टोकन लिन, फर्म भर्न, कित्ताकाट, हालसाविक भिडाउन, नक्सा प्रिन्ट, नक्शा ट्रेश उतार, प्लट रजिष्टर उतार, फिल्ड रेखाङक्न, क्षेत्रफल ट्रायल चेक, कित्ता एकीकरण एपमार्फत लिन सकिनेछ ।
एपपमा कार्यालयबाट सेवा लिनका लागि आवश्यक विभिन्न निवेदनका ढाँचाहरु उपलब्ध छ । कुन सेवा कसरी लिन सकिन्छ त्यसको जानकारी, कार्यालयका सूचनारजानकारी, गुनासो तथा उजुरी गर्ने व्यवस्था समेत एपमा राखिएको छ ।
नेपालको जग्गाप्रसासनको क्षेत्रमा यसप्रकारको मोबाईल एप, पहिलो पटक कास्कीबाट सुरु गरिएको हो।